आज मिति २०७६साल जेठ १४ गते मंगलबार गणेश भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ । बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा कामहरु महत्वपुर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारि धन सम्पति तथा पैत्रिक सम्पति हातलागि हुँने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुँनेको साथै ईच्छित मनोकामनाहरु पुरा हुँनेछन् । साझपख समय मध्ययम रहेकोले दाजुभाई तथा आफन्तसँग मनमुटाब बढ्नेछ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

समय राम्रो रहेकोले व्यापार व्यावासायमा लगानि गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । रोजगारको खोजिमा हुनेहरुले काम पाउन तथा नोकरिमा पदोन्नतीको योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने माता पिताको सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । माया प्रेममा नजिक हुने तथा अध्ययनमा सुधार भएर जानेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेकोछ । बौद्धिक ब्यात्तित्व तथा बिशिष्ट ब्यात्तिहरु सँग भेटघाट हुँनेछ भने नयाँ योजना बनाएर कार्यान्वयनको चरणमा लगि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । धार्मिक तथा लामो दुरिको शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ भने धर्म कर्ममा मन जानेछ । बिहानको समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

नयाँ ज्ञान सिक्ने अवसर जुर्नेछ भने खोज तथा अनुशन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात पर्नेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । उद्योग धन्दामा सफलता प्राप्त हुँनेछ भने आर्थिक समस्या समाधान भएर जानेछ । साझपख समय मध्ययम रहेकोले ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँनाले आफन्त तथा गुरुहरु प्रसन्न हुँनेछन् । सवारि साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा प्रसस्त नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुँनाले घर परिवारमा घुसियालि छाउँनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरु सँग भेटघाट हुँने हुँनाले मन प्रशन्न रहनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

अदालत तथा न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हुँने तथा पुराना स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । व्यापार व्यापार फस्टाएर जाने हुँनाले भने जस्तो आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरु भन्दा एक कदम अगाडि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले माया प्रेममा धोका तथा अबिश्वास बढ्नेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

समय राम्रो रहेकोले राजनिति तथा समाजसेवामा जनतासँगै रहेर काम गर्न सकिने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा सधैझै दिईने समयबाट मुक्ति मिल्नेछ । कृषि तथा पशुपालन व्यावसायमा समय दिन सकिने हुँदा आम्दानि बढ्नेछ । आफन्त तथा आमाबाट उचित सल्लाह पाईने हुँदा अगाडि बढ्न सहज हुँनेछ । साझपख समय मध्ययम रहेकोले प्रेममा अबिश्वास बढ्नेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जागर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । उत्पादित उद्योगमा लगानि बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेम प्रसङमा आफुले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसि हुँनेछ भने पति पत्निबिच मायाको डोरे कसिलो भएर जानेछ । फेसेनेवल तथा बिलाशि सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

पहिलेका कमजोरिहरुलाई सुधार गर्दै जाने अवसर आउँनेछ । व्यापार व्यावसायमा नया प्रबृधिको प्रयोग गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आर्थिक रुपमा सम्पन्न हुने हुनाले घर परिवारका सबै आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अध्ययनमा सफलता हात लाग्नेछ । माया प्रेमको गाठो कसिलो हुने तथा पति पत्निबिच एक अर्कालार्ई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । बिहानको समयमा बिदेश यात्राको गतिलो योग रहेकोछ ।