सुमार्गीको रकम नरोक्न सरकार र राष्ट्र बैकको नाममा प्रधानन्यायाधीश राणाको परमादेश जारी

काठमाडौं, जेठ १४ । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा आएको वैदेशिक लगानीलाई नरोक्न परमादेश जारी गरेको छ ।

 

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा इन्भेष्टमेन्ट बैंकमा आएको ७५ लाख अमेरिकी डलर (झन्डै ८४ करोड रूपैयाँ) ‘विदेशी लगानी’ अवैध स्रोतबाट नआएको ठहरसहितको उक्त रकम नरोक्न सरकार र राष्ट्र बैंकका नाममा परमादेश जारी गरेको हो ।

 

यसअघि उक्त मुद्दामा गत चैत २८ गते नै फैसला सुनाउने गरि निसु निर्णय सुनाउने मिति तोकिएको थियो । चैत २८ गतेपछि वैशाख १५ गतेका लागि निसु तोकिएकोमा उक्त दिन पनि फैसला नसुनाइएपछि मंगलबार आज फैसला सुनाएको हो ।

 

गएको पुस १० गते न्यायधीश दीपकराज जोशीको इजलासले पुस २४ गतेसम्म खाता सञ्चालनमा अवरोध नगर्न अन्तरिम आदेश जारी गर्दै स्रोत नखुलेर राष्ट्र बैंकले रोक्का राखेको सुमार्गीको रकम फुकुवा गरिदिएको थियो । पछि प्रधानन्यायाधीश राणासहितकै इजलासले तत्कालीन सर्वोच्चको आदेशलाई बदर गरेको थियो।

 

सर्वोच्चको उक्त फैसलासँगै सुमार्गीले अब मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिका नामको ७५ लाख अमेरिकी डलर ९करिब ८४ करोड रुपैयाँ० रकम प्रयोग गर्न पाउने छन् ।

 

जोशीको इजलाशले रकम नरोक्न आदेश जारी गरे लगतै सुमार्गीले इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ लाख अमेरिकी डलर ९करिब ८४ करोड रुपैयाँं० निकालिसकेका थिए ।