प्रहरी नायब निरीक्षक यौनहिंसामा पक्राउ, भिडियो खिचेर वर्षौं ब्ल्याकमेल

काभ्रे ,जेठ १५ ।‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती ग¥यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ ।

 

फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ । तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहेछ, त्यो देखेपछि म यौनदासी बनेर उसले जहाँ भन्छ त्यहीँ जान थालें । अहिले एक वर्ष भयो, ऊ जहाँ–जहाँ सरुवा हुँदै जान्छ म त्यहीं उसको वासना पूरा गर्न पुग्छु ।’

 

बालविवाहको पीडा पनि भोगेकी १८ वर्षे किशोरीले प्रहरीलाई बयान दिंदै भनिन् । जनकपुरधाम माइती भई रौतहटको गौरमा विवाह गरी आएकी किशोरीलाई पहिला यादवले नाता जोड्दै सहयोगी व्यवहार देखाए । सहयोगको दबाबमा परेर किशोरीले शारीरिक सम्पर्क राख्न पुगेको उहाँको भनाइ थियो ।

 

नेपाल समाचारपत्रलाई मंगलबार किशोरीले भन्नुभयो– ‘मेरा श्रीमान् विदेशमा हुनुहुन्छ, घरमा उहाँ नभएको मौका छोपी यादवले मलाई व्यावहारिक काममा सहयोग पु¥याउँथ्यो । भिनाजु भन्दै नाता लगाएपछि शंका गर्ने ठाउँ पनि थिएन । मेरो नियत सफा थियो तर उसको कुदृष्टि मेरो शरीरमा रहेछ ।’ किशोरीका आँखा रसाएका थिए । उहाँ केही बेर रोकिनुभयो, गुलाबी सलले आँखा मिच्दै थप विवरण दिनुभयो, केही समयपछि उसले बजारतिर डुल्न जाऔं भन्यो । मैले शुरुमा त मानिनँ, तर उसको करका अगाडि मेरो केही लागेन, किनकि उसले मलाई संकट परेका बेला सघाएको थियो । आर्थिक सहयोग गरेको थियो ।

 

किशोरीका अनुसार यादवले किशोरीको माइती गाउँको व्यक्तिले खोलेको होटेल हो भन्दै यादवले रौतहट बजारकै एक होटेलमा लगे । किशोरीले भित्र जान नमानेपछि यादवले हेर्न त हिँड् भन्दै कोठामा लगे र ढोका थुने । ‘मैले नाइँ भन्नै सकिनँ’ –किशोरी आफ्नो विगत बताउँदै रोइरहनुभएको थियो । उहाँका अनुसार जबरजस्ती सम्पर्क राखेपछि उहाँ तत्काल घर फर्किन चाहनुहुन्थ्यो । तर यादवले खाजा खान दबाव दिए, ‘उसले कोकाकोलामा रक्सी मिसाएर मलाई पिलाएको रहेछ । म मातेर लडेपछि उसले भिडियो खिचेको रहेछ ।’

 

‘त्यो दिन म सम्झन पनि सक्दिनँ । माइत गएर केहि दिन पछि घर फर्किएपछि उसले त्यस दिनको भिडियो आफूसँग रहेको भन्दै मलाई धम्क्यायो ।’ किशोरीका अनुसार मोबाइल अलि टाढै राखेर यादवले भिडियो देखाए, जहिले भन्यो त्यहिले सम्पर्कका लागि राजी नभए उनले भिडियो सार्वजनिक गरिदिने धम्की थिए ।

 

‘घर बिग्रने डरले म उसले जे जे भन्यो त्यो मान्न तयार भएँ । त्यसकै फाइदा उठाउँदै उसले धेरै पटक ममाथि शोषण ग¥यो । मानसिक र शारीरिक रुपमा गरेको शोषणको बयानै गर्न सक्दिनँ ।’ यादवले किशोरीको शहरमै मात्र पनि शोषण गरेनन्, टाढा–टाढा पु¥याएर पनि शोषण गरे ।

 

‘अन्तिम पटक २०७६ वैशाख महिनामा काठमाडौ जाऔं भन्यो, म लुरुलुरु पछि लागें । नगरकोट पु¥यायो । त्यहाँ उसले दुई दिनसम्म राखेर बारम्बार यौनशोषण ग¥यो । त्यसपछि भने मैले सहन सकिनँ । जे होला होला भन्ने आँट गरेर आफन्तसँग सल्लाह गरें ।’

 

अन्ततः किशोरीलाई सहयोग गर्न आफन्तहरु पनि तयार भए । आफन्तकै सहयोगमा महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिनुभयो । भक्तपुर प्रहरी कार्यालयमा २०७६ बैशाख ३१ गते दिएको जाहेरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान ग¥यो । घटनास्थल काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा पर्ने भएकाले अनुसन्धानसहितको फाइल अहिले जिल्ला प्रहरी कार्यालय काभ्रेमा पठाइएको छ ।

 

प्रहरी प्रमुख एसपी रविराज खड्काले घटनाका बारेमा प्रारम्भिक अनुसन्धान शुरु गरेको बताउनुभयो, ‘महानगरिय प्रहरी परिसर भक्तपुरमा बैशाख ३१ गते दर्ता भएको जबरजस्ती करणी सम्वन्धी जाहेरीको फाईल प्राप्त भएको छ’–एसपी खड्काले भन्नुभयो–‘काभ्रेको नगरकोटमा घटनास्थल भएकाले सोधपुक्ष गर्ने काम भएको छ । अनुसन्धान भइरहेकाले थप कुरा बताउन मिल्दैन ।’

 

घटनामा संलग्न भनिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत नेपाल प्रहरीका सई रामविनोद राय यादवलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले जेठ ७ गते पक्राउ गरी अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी खड्काले बताउनुभयो । प्रहरीका सई यादवले विभिन्न स्थानमा त्यही भिडियोका आधारमा जर्बजस्ती गर्दै आएको भन्ने उजुरी प्राप्त भएको एसपी खड्काले पुष्टि गर्नुभयो ।

 

साविक सर्लाही जिल्ला घर भई रौतहट जिल्लाको गौर नगरपालिका ३ मा स्थायी बसोवास गर्ने यादवले १८ वर्षीया किशोरीलाई एक वर्ष अघिदेखि जर्बजस्ती गर्दै आएका सम्बन्धमा फौजदारी संहिता भन्छ, १८ वर्ष नपुगेकी किशोरीसँग जबरजस्ती करणी गरे २० वर्षसम्म जेल सजाय हुन्छ । अधिवक्ता तथा महिला अधिकारकर्मी मीरा ढुंगाना भन्नुहुन्छ– अहिले पो किशोरी १८ की भइन्, पहिला योन सम्पर्क राख्दा त बालिका नै थिइन्, त्यसैले २० वर्ष नै सजाय दिनुपर्छ र प्रहरी सेवामा रहेको व्यक्तिलाई थप कारबाही पनि गर्नुपर्छ ।यो समाचार नेपाल समाचार पत्रबाट।