गणतन्त्र त आयो देश अझै राजतन्त्र कै सेरोफेरोमा रुमाली रहेको छ ?

 

२०७वर्ष लामो शाहवंशीय राज्य सत्तालाई समाप्त गर्दै आम नागरिकले २०६२/ ६३ काे जनआन्दोलन पछि २०६३ जेष्ठ १५ गते आएको गणतन्त्र हो। वर्गिय भेदभाव जातजाति,धर्म र विभिन्न उत्पिडनमा परेका राज्यको पंहुचबाट टाडा रहेका निमुखा जनताकाे लागि आएकाे गणतन्त्रमा हाे।राजतन्त्रका आफ्ना नाते दार हरौटे भरौंटे मात्र राज्यको वरिपरि भएको र जन्ताको असन्तुष्टि दिन प्रतिदिन बढेकोले गणतन्त्रको देशमा आवश्कता थियो । र गणतन्त्र आएकाे हाे। गणतन्त्र आएर पनि जनताले अहिले पूर्ण अनुभुति गर्न पाएका छैन्न अबका दिनमा जनताले पूर्ण गणतन्तकाे अनुभुति गर्न पहुन।

 

हजारौ आमाको कोख खालि भएको छ हजारौका श्रिमतिको सिउदो पुछिएको छ ,कतिका छोराछोरि टुहुरा भएका छन् कति अपांग भए ,कति अहिले सम्म पनि बेपत्ता छन,कति जनता त उपचार गर्ने खर्च नभएर बन्दुकका गोलि र गोलिका छर्रा जिउमा बोकेर हिडिरेका छन ।

 

गणतन्त्र जन्ताको आवश्यकता ,चाहाना ,योगदान हो आम नागरिकले आफ्ना प्रतिनिधिहरू छनौट गरेर आफु शासित हुने ब्यव्थापन हो अहिले यसको पनि दुरूपयोग हुँदै आएको छ ।

 

संघिय सरकार ,प्रदेश सरकार र स्थानिय सरकार गरेर तीन तहमा बिभाजित त गर्यो यसमा पनि नाताबाद को हावि बढ्दै गएको छ। कर्मचारी सरूवा बढुवा देखि लिएर अन्य जिम्मेवारी पदमा पनि मन्त्री या सांसदका परिवार भित्रका मान्छेको आफ्नतकाे सकृयता बढेको छ आम नागरिकको योग्यता क्षमता हुँदा हुँदै पनि पँहुच नपुगेर बाहिरिन बाध्यता भएका छन्र ।

 

कति ठाउँमा त सरकारका सरकारि गाडिहरूको पनि दुरूपयोग गर्दै आएका छन । आफ्नो प्राईभेट काममा सरकारि गाडीहरूको प्रयोग गर्दै आएका छन । अझै पनि गणतन्त्र जन्ता मुखि हुन सकेको छैन। गणतन्त्र त आयो अझै पनि राजतन्त्र कै सेरोफेरो मा देश रूमालि रहेको छ।

 

लेखक हुन – अनेरास्ववियु अखिल ( क्रान्तिकारी ) केन्द्रिय सदस्य – निर्मला प्रतिक्षित