कर्मचारीमाथि दुब्र्यबहार गरेको आरोपमा विद्यालयका सञ्चालकलाई पक्राउ

  कञ्चनपुर,जेठ १७।इलाका प्रहरी कार्यालय झलारीले कर्मचारीमाथि दुब्र्यबहार गरेको आरोपमा विद्यालयका सञ्चालकलाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित श्री अमृता बाल विद्यालयका सञ्चालक धिरेन्द्रसिंह साउदलाई पक्राउ गरेको हो । संञ्चालक साउदले लेखा शाखामा कार्यरत महिला कर्मचारीमाथि दुब्र्यबहार गरेको उजुरी परेपछि साउँदलाई बिहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।

 

सञ्चालक साउदले महिलालाई हातपात गर्नुका साथै यौन दुब्र्यबहार गरेको पीडितले बताएका छन् । साउदलाई ईलाका प्रहरी कार्यालय झलारीले बिहीबार दिउसो २ बजे देखि राती ८ बजे सम्म नियन्त्रणमा लिएर अनुसन्धान गरेकोे प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो । सो्रतका अनुसार पीडित र आरोपि बीच छलफल गराई दोषी माथि कानुनी कारबाही गर्ने सहमती खोजीए पनि आज बिहान १० बजे पुनः

 

ई.प्र.का.झलारीमा दुबै पक्षलाई उपस्थित हुनेगरि बिहीबार राती अबेरसम्म निज का निकट व्यक्तिहरुको रहोबरमा प्रहरीले छोडेको स्रोतको दावी छ ,भने बिद्यालय सञ्चालक साउँदले प्रहरीलाई दिएको बयान अनुसार आप्mनो बिद्यालयका सबै जसो कक्षाकोठाहरुमा सि.सि.टि.भि क्यामेरा जडान भएको र आफुले दुब्र्यबहार नगरेको दाबिगर्दै बिबादले उग्ररुप लिएको जनाएका छन । त१पीडित महिलाले भने आफुमाथि यौनजन्य दुब्र्यबहार गर्नुका साथै हातपात समेत गरेको प्रहरीमा उजुरी दिएको बताएका छन।