आज मिति २०७६ साल जेठ १७ गते शुक्रबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस् र सेयर गर्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

राम्रा तथा सामाजिक काम गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोत साधन प्रयोग गरि असिमित आवस्यक्ता हरु पुरा गर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाईमा प्रगति हुँने तथा नतिजा तपाई आफ्नै पोल्टोमा पर्नेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुँन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाई कमजोर रहनेछ । व्यापार व्यावासायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्नेछ भने बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । प्रेममा धोका तथा बिश्वासघात हुँनेछ ध्यान दिनुहोला ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुँनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपि निकास पाउँने योग रहेकोछ । अध्यनमा प्रगति हुँनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । ब्यापार ब्याबसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । थोरै मेहनेतबाट प्रशस्त लाभ लिने समय रहेको छ । राजनिति तथा समाजसेवामा जनताको बलियो समर्थन प्राप्त होला । बुवा तथा बुवा सरहका ब्याक्तिबाट भरपुर सहयोग प्राप्त हुनेछ । बिद्या तथा बादबिवाद प्रतियोगितामा तपाई अब्बल साबित हुनुहुनेछ ।

सिहं मा,मी,मू ,मे,मो,टा,टी,टू,टे

सरकारि पदमा बसेर सेवा पबाह गर्नेहरुले समयमा तपाईको काम नगरिदिदा महत्वपुर्ण अवसरबाट बञ्चित हुँने पर्नेछ । यात्रा हुँने भएपनि बाटामा दुख तथा शास्ति खेप्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला । मनमा एक किसिमको बेचैन आउँने हुँनाले काम गर्न मन लाग्ने छैन । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ भने यहि बेलामा आफन्त तथा शुभचिन्तकहरु टाडिनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिदा पनि भनेजस्तो नतिजा हातलागि नहुँदा काम गर्ने जोस जागर हराएर जानेछ । बाहिरि वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । प्रेम प्रशङगमा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुँने हुँनाले सम्यम भई अगाडि बढ्नुहोला ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । जीवनसाथि सँग लामो दुरिको रमाईलो यात्राको तय हुँनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न सकिने हुँदा आर्थिक क्षेत्र सवल हुँनेछ । अध्ययन अध्यापनमा मन जाने हुँनाले सकारात्मक नतिजा हात लाग्नेछ । बिभिन्न भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

माया प्रेमको गाठो कसिलो हुँनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ । सत्रु परास्त हुँनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । व्यापार व्याबसायबाट भनेजस्तो आम्दानि जीवन यापन सहज मार्गमा अगाडि बढ्नेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भने जस्तो आम्दानि नहुँने हुँनाले दैनिक गुजारा चलाउँन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

व्यापार व्यावसायमा केहि समय पर्ख र हेरको रणनिति अपनाउँदा राम्रो रहेकोछ भने कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेकोछ । आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुँनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

दाजुभाई तथा आफन्तहरुबाट भनेजस्तो सहयोग प्राप्त हुँनेछ । छोटो दुरिको रमाईलो यात्राको तय हुँनेछ । पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्ने जागर आउँनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरुभन्दा अग्र पंत्तिमा तपाईकै नाम आउँनेछ । माया प्रेममा रमाउँने चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

मीन दी, दु,थ,झ,ञ,दे,दो,चा,ची

आर्थिक गतिबिधि सम्बन्धि काम गर्दा बिशेष चनाखो रहनु होला समय मध्ययम रहेकोछ । अध्ययनमा समय दिए अनुसार नतिजा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत सौहार्दपुर्ण बाताबरणमा समय व्यातित हुनेछ । आफन्त तथा कुटुम्ब सँगको सम्बन्धमा केहि चिसो पनाको बिकास हुन सक्छ ध्यान दिनुहोला । खानपान तथा आहार बिहारमा ध्यान दिनुहोला ।