हो म पनि बिप्लव,तिम्रो लुटको स्वर्ग ध्वस्त पार्न के गर्नुपर्छ ?त्यस्का निम्ति जिन्दगीसंग कुनै सम्झौता गरिदैन ?

 ,

   शंकर महरा-

तिम्रो लुटको स्वर्ग ध्वस्त पार्न के गर्नुपर्छ हो त्यस्का निम्ति जिन्दगीसंग कुनै सम्झौता गरिदैन ? हो त्यसका लागि जस्तोसुकै मुल्य चुकाउन तयार भएका अभियन्ता हौ ?? बिप्लव बिप्लव भन्छौ तिमी हो म बिप्लव हो ! अतिबादी समुह भन्यौ तिमिले हो अतिबादी हो ! आतंककारी भन्छौ तिमी हो म आतंककारी हो ! निम्छरो भन्छौ तिमी हो निम्छरो हो ! NCell लाई कर तिराउन खोज्दा पार्टी माथी प्रतिबन्ध लगायो हो त्यसको प्रवाह छैन मलाई नागरिक होइनन् भन्यो तिमिले हो मलाई अनागरिक बनायो ! तर हिसाबकिताब त अवस्य गरौला नि ? तिमी जे सुकै भन , हो म राष्ट्र , राष्ट्रियता , स्वाधीनता र नेपाली जनता को लागि जेसुकौ बन्नु छ, बन्छु र बनिरहनेछु !! तर तिम्रो लुटको स्वर्ग ध्वस्त पारेरै मरिन्छ !

 

तिम्रा ती अमानवीय हर्कत र राक्षसि प्रवृत्ति हरुको लागि म राक्षस हो ! हो म राक्षस बन्न सक्छु मलाई कुनै प्रवाह छैन ती तिम्रा हुकुम , त्रास र फरमान हरुसंगै तिमी जतिसुकै अभद्र र तीखो बोल त्यति धेरै म धैर्य र सहनशील बन्ने छु तर तिमिले ईन्काउन्टर को नाममा गरेको हत्या को बदला लिएरै छोडनेछु के नै गरेको थियो र तिर्थ ले ?? यो देशमा भ्रष्टाचार भयो भन्न नपाउने ? यो देश को स्वाधीनता बचाउ भन्न नपाउने ? यो देश मेरो हो भन्न नपाउने ?

 

NCell लाई कर तिर्न भन्न नपाउने ? अनि जनताले १ सय नतिर्दा दण्डित हुनुपर्ने ? ह ! यो कस्तो शासन हो तिम्रो ?? यो देश का सिमा बचाउ भन्न नपाउने ? लिपुलेक हाम्रो हो भन्दा राज्यद्रोही हुने ? कालापानी , सुस्ता , गण्डक , कोशी हाम्रा हुन भन्दा हत्कडी लगाउने ? दिदीबहिनीको अस्मिता जोगाउन सडकमा नारा लगाउदा दमन गर्ने ? बलात्कार , हत्या हिंसा बन्द गर भन्न नपाउने ? यो देश का जनता ले सिटामोल नपाउने अनि तिमिहरु हाछ्यु आउदा सिंगापुर जाने ? पेट दुख्दा थाइल्यान्ड जाने ? ज्वरो आउदा अमेरिका जाने ?

 

पानी मात्रै अर्बौं को खाने अनि जनताले भोकभोकै मर्नुपर्ने ? के सोचिरहेछौ दलाल शाशक हरु ! के गरिरहेछौ केपि प्रचण्ड र बादल हरु !! तिम्रा सोच र ब्यवहार हरु जनताले एकएक गरि बुझिसके ??? त्य्सैले अब तयार हौ जनताको रगत मा होलि खेल्न ? तिमिलाई पुगेन है झापा बिद्रोह र १० बर्ष जनयुद्ध ले युद्धपिपासु नवदलाल हरुलाई १७ हजार को बलिदानिले पुगेन है ? तिमिलाई अझै रगत चुस्न मन छ भने ? तयार होउ सनराईज हरु ले रगत दिए धनरुप हरुले रगत दिए प्रज्वल हरुले रगत दिए गोकुल हरुले रगत दिए दिपेन हरुले रगत दिए निरन्तर हरु ले रगत दिए ह पुग्यो कि पुगेन ?

 

अझै पुगेन हगि नत्र अझै तयार छन हजारौं हजार प्रज्वलहरु , तयार छन बिप्लव र हजारौं बिप्लविहरु तयार छन हजारौं जनता हरु तयार छन हजारौं विद्यार्थीहरु तयार छन हजारौं महिलाहरु तिमी जति सक्छौ दमन गर त्यसको प्रतिरोध गरिरहन्छौ र गरिरहनेछन योद्धा हरु तर याद गर तिम्रो लुटको स्वर्ग ध्वस्त पारेरै मरिन्छ जनताको ब्यवस्था ल्याएरै मरिन्छ सबै को बाच्न पाउने अधिकार को सुनिश्चितता गरेरै मरिन्छ जनताको नैसर्गिक अधिकार जनतामै निहित गरिन्छ अह ! तिम्रो आलिसान बङ्ला र लुटको अमनचयन ध्वस्तै गरिन्छ तिम्रो लुटको स्वर्ग ध्वस्त पार्न अलगअलग मोर्चा मा छन योद्धा हरु सुदर्शन लगायत थुप्रै योद्धा हरु पर्खाल भित्र छन भने हाम्रा आदर्श सर्बोच्च कमान्डर बिप्लव र हजारौं बिप्लविहरु खुला आकाशमा जनतामाझ सुखदुःख साटिरहेछन अनि तिम्रो स्वर्ग ध्वस्त पार्ने तयारीमा हजारौं हजार योद्धा हरु अनवरत रूपमा अथक योद्धा हरु लागिरहेछन सुनौलो आशा बोकेर अगाडि बढिरहेछन जिन्दगी संग कुनै सम्झौता नगरी तिमी भन मात्रै तिम्रो लुटको स्वर्ग ध्वस्त पार्न के गर्नुपर्छ ?? र याद गर तिम्रो दिनगन्ती सुरु भए।