बेरोजगार युवाहरूलाइ रोजगारी दिन हरित रोजगार सम्मेलन कार्यक्रम सुरु हुदै

काठमाडाै,जेठ २०। समृद्ध नेपालका लागि सामुदायिक बनको खाली जग्गामा हरित रोजगारी कार्यक्रम सुरु गरिने भएको छ।´बुढानिलकण्ठमा हरित रोजगारी,समृद्धिको बिस्तार नेपालभरि` भन्ने मुल नाराका साथ उक्त कार्यक्रम सुरु गरिने भएको हो।

 

बुढानिलकण्ठ नगरपालिका र अन्य संघसंस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन हुने बताइएको छ।कार्यक्रमको पहिलो चरणमा ५ हजार युवाहरूलाई रोजगारी दिने र उनिहरुको मासिक तलब पनि ५ हजार नै रहेने उल्लेख गरिएको छ।

 

पछिलाे समय देशमा युवाहरूलाई काम गर्ने उचित वातावरण सृजना हुन नसकेकाले यस कार्यक्रमबाट युवाहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।यसका लागि नियमन गर्ने निकाय बुढानिलकण्ठ नगरपालिका नै हुनेछ।कृषिप्रधान देशमा अर्गानिक कृषि उत्पादन हुन नसक्नु निकै दु:खद पक्ष भएकाले यस कार्यक्रमले देशमा अर्गानिक कृषि उत्पादनलाइ विशेष प्राथमिकता दिने पनि विश्वास गरिएको छ।

विज्ञप्तिसहित