किराँती समुदायको महान चाड उभौली (सकेला) को अवसरमा यलम्वर सांस्कृतिक कार्यक्रम २०७६`हुने

काठमाडाै,जेठ २०। आगामी जेठ २९ गते नेपालकै एक प्रमुख चाड तथा किराँती समुदायको महान चाड उभौली (साकेला) को अवसरमा यलम्वर सांस्कृतिक कार्यक्रम २०७६ हुने भएको छ।उक्त कार्यक्रममा विभिन्न स्रस्टाहरुलाइ सम्मानित गरिने भएको छ।

 

जसमा´यलम्वर सांस्कृतिक सम्मान` नगद रु.२,१०,००० राशी सहित वरिष्ठ कवि तथा गितकार भुपाल राई,´किराँती नव सांस्कृतिक सम्मान` नगद रु. ३०,००० राशी सहित वरिष्ठ गायक श्री कुबेर राइलाइ र ´किराँती नव सांस्कृतिक प्रतिभा पुरस्कार` नगद रु. २०,००० राशी सहित सफल गायिका सुश्री मेलिना राई लाई प्रदान गरिने भएको छ।

 

कार्यक्रममा विभिन्न कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहने छ।उक्त कार्यक्रम राष्ट्रिय नाचघर जमलमा सोही दिन दिनको ठिक १ बजेबाट सुरु हुने बताइएको छ।