प्रधानमन्त्री ओलीलाई ,विप्लव, नेकपाको गुप्तचर‘रिर्पोटिङ किन रोकियो

काठमाडाै,जेठ २१। प्रधानमन्त्री ओलीलाई आफ्नो कार्यलयको महत्वपूर्ण सुचनाहरु रोकिन थाले पछि मुख्य सचिव लोकदर्शन रेग्मीमाथि छानविन थालेका छन् ।

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले १२ र १३ जेठमा गरेका हिंसात्मक घटना रोक्न नसकेको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले खोज्ने क्रममा सूचना ‘फिल्टर’ हुने गरेको रहस्य बाहिर आएपछि आन्तरिक रुपमा मुख्यसचिवमाथि नै छानविन थालिएको हो।

 

बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र एकजना सचिवलाई घटनाको अनुसन्धान गरी सत्यतथ्य आफू समक्ष राख्न निर्देशन दिएका छन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले १६ फागुन २०७५ को मन्त्रिपरिषद् बैठकबाट नेपाल सरकार कार्य विभाजन नियमावली–२०६९ मा संसोधन गर्दै राष्ट्रिय अनुसन्धान विभाग ,राअवि, आफू मातहत ल्याएका थिए। उनले राअविका गोप्य सूचना मुख्य सल्लाहकार बिष्णु रिमाल र मुख्य सचिव लोकदर्शन रेग्मी मार्फत् आफूसम्म ल्याउन निर्देशन दिएका थिए।

 

अहिले मुलुकको आन्तरिक सुरक्षाको सबैभन्दा ठूलो चुनौति विप्लव समूह बनेको छ। यस हिसावले राअविको मुख्य जिम्मेवारीपनि सोही समूहका गतिविधिबारे सूचना संकलन गर्नु हो। यही जिम्मेवारी अनुसार राअविले विप्लव समूहबारे सूचना संकलन गरिरहेको छ।

 

 

यसैक्रममा राअविले विप्लव समूहले देशभर बमआतंक फैलाउन सक्ने सूचना सरकारलाई उपलब्ध गरायो। यो सूचना मुख्य सचिव रेग्मीमार्फत् विभागले दिएको थियो। तर, यति महत्वपूर्ण सूचना कार्यकारी प्रमुखलाई दिने विषयमा मुख्यसचिव रेग्मीले बेवास्ता गरिदिए, प्रधानमन्त्रीसम्म यो सूचना पुग्नै पाएन। यही कुरा जानकारी पाएपछि मुख्यसचिव रेग्मीमाथि छानविन सुरु भएको स्रोतको भनाई छ।