कांग्रेसले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं, जेठ २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वैदेशिक रोजगारीका सवालमा संसद्मा जरुरी सार्वजनिक महŒवको प्रस्ताव दर्ता गराएको छ। मलेसियाको वैदेशिक रोजगारी स्थगित भएसँगै लाखौं नेपाली त्यहाँ जानबाट वञ्चित भएका बेला कांग्रेसले उक्त प्रस्ताव दर्ता गराएको हो।

 

कांग्रेस सांसद डा। डिला संग्रौलाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्नुभएको हो। उक्त प्रस्तावमा सांसद रामबहादुर विष्ट र देवप्रसाद तिमल्सिनाले समर्थन गर्नुभएको थियो।

 

सांसद संग्रौलाले वैदेशिक रोजगार क्षेत्रमा देखिएको अव्यवस्था, विकृति र विसंगति हटाई वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन संसद्मा सार्वजनिक महŒवको प्रस्ताव दर्ता गरेको जनाउनुभयो।

 

संसद्मा वैदेशिक रोगजारी बारे छलफल गर्नुपर्नाका कारण उल्लेख गर्दै लाखौं नेपाली युवाको गन्तव्यका रूपमा रहेको मलेसियामा कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुने गरी जतिसक्दो चाँडो रोजगार खुला गर्नुपर्ने जनाइएको छ। नेपाल समाचारपत्रमा खबर छ ।