हराएका विद्याथी ८ दिनपछि किर्तिपुरको जंगलमा मृत भेटिए

काठमाण्डौँ, जेठ २५ । विगत १ सातादेखि बेपत्ता विद्यार्थी डाक्टर शिशिर खनालको लाश कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएको छ । काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत खनाल जेठ १७ गतेदेखि वेपत्ता भएका थिए ।

 

शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपनि प्रहरीले सोही क्षेत्रमा खोजीकार्य जारी राखिरहेको थियो । खोजी गर्ने क्रममा शिशिरको शव कीर्तिपुरस्थित पुष्पलाल चोक नजिकै भेटिएको हो । अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि खनाल कोटेश्वरमामा दाजुभाउजुसँग घर किनेर यतै बस्दै आएका थिए ।

 

पढाईमा अब्बल शिशिरले केही समयअघि मात्र दुर्घटनामा बाबुआमा गुमाएका थिए भने पछिल्लो समय उनी डिप्रेसनमा परेको बताइएको छ।