चिरपटले हानेर छोराले गरे बुवाको हत्या

अछाम, जेठ ३० । चिरपटले हानेर अछाममा छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको चौरपाटी गाउपालिका–५ लुङ्गाका ५६ वर्षीय निने ढोलीलाई उनकै जेठो छोरा प्रेम ढोलीले दाउराको चिरपट प्रयोग गरि हत्या गरेका हुन् ।

 

बुधबार राति ११ बजे चिरपटले बुबाको गर्धनमा हानेपछि ढोलीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । उनको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसैन ल्याइएको छ । हत्या गर्ने प्रेमलाई प्रहरीले नियन्त्रणमा लिसकेको प्रहरी जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कलेन्द्र शाहीले जानकारी दिएका छन् ।