एक २५ बर्षीय युवतीको अपिल म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ “केटा हो ५ सय युरो लैजाउ गर्भवती बनाउ”


काठमाडौ । हाम्रा वरिपरी हरेक दिन नयाँ र अनौंठा घटनाहरु भइरहेका हुन्छन् । हामीले केही घटनाहरुलाई नजर अन्दाज गर्छौ तर केही हाम्रो नजरमा पर्छन । यस्तै दुनियाँमा कुनै मानिसको अचम्मका चाहना हुन्छ ।नेपालमा केही महिना पहिले एक युवतीले मलाई गर्भवती हुन मन छ तर विवाह गर्न चाहान्न भन्ने आषयसहितको कुरा बाहिर ल्याएपछि खुबै चर्चा भएको थियो । आमा बन्न चाहने तर श्रीमती वा पत्नी बन्न नचाहने युवतीको नाम सावित्री सुवेदी रहेको छ ।

 

उनले नेपालमा आफुले केही नयाँ प्रयोग गर्न लागेको भन्दै पुरुषहरुलाई भाडामा लिएर गर्भवती बन्न चाहेको बताएकी थिईन् । चाहन भनौ या त चर्चामा आउने सिर्फ बहाना पनी हुनसक्छ । लाग्छ, उनीहरुको कुरा सुन्दा र हेर्दा कतै केही त भइरहेको छैन । हो, रोमानियाकी एक २५ वर्षीया युवती एडेलिना अबलुले पनि यसरी नै विश्वलाई चकित तुल्याएकी छिन् ।उनले कुनै अद्भुत काम गरेर विश्वको ध्यान आकर्षित गरेकी हैनन् कि उनको आश्चर्यचकित पार्ने चाहना ब्यक्त गरेर उनी चर्चित बनेकी हुन् । बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्, ‘मलाई गर्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु ।’

 

५ सय युरो भनेको नेपाली लगभग ६३ हजार रुपैयाँ हो । समचारमा जनाइएअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी हुन । उनले अगाडी लेखिन, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् ।तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’ अहिले यो कुरा नेपालमा पनी व्यवहारिक बन्ने बाटोमा लागेको धेरैको बुझाई रहेको छ ।एजेन्सी