कर्णाली नदीमा जिप खस्दा हुम्ला खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाहीसहित १० जना बेपत्ता

सुर्खेत,असार ३ । हुम्लामा भएको जिप दुर्घटनामा १० जनाको मृत्यु भएको आशंका गरिउको छ । खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाहीसहित १० जना चढेको जिप मंगलबार दिउँसो सवा १२ बजे कैलावालुबाट कर्णाली नदीमा खसेको थियो । जिपमा कतिजना चढेका थिए एकिन हुन सकेको छैन । तरपनि केही ब्यक्तिको नाम भने खुलेको छ ।

 

लु १ ज ७१६६ जिप सडकबाट करिब २० मिटर तल कर्णाली नदीमा खसेपछि खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, जिप चालक मणि शाही, यात्रुहरु चन्द्र हमाल, नैनसिंह भण्डारी, बसन्ती शाही, नन्ददेवी सिंह, कौर कामी, उनका दुई वर्षीय छोरा गोकुल सुनार बेपत्ता भएका छन् ।

 

सेना र प्रहरी टोली घटनास्थलमा खटिए पनि गोताखोरको अभावमा जिप पत्ता लाग्न सकेको छैन । कर्णाली नदीमा पनि पानीको बहाब बढेको छ । सेना, जनपथ र सशस्त्र प्रहरीेले खोजिकार्य जारी राखेको छ ।