आज केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं, असार ४ । आज  दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

महाशाखाका अनुसार रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।