प्रस्तावित मिडिया विधेयक फिर्ताको माग राख्दै महेन्द्रनगरमा हस्ताक्षर 

धनन्जय अवस्थी

कञ्चनपुर असार ४ ।नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले प्रस्तावित मिडिया विधेयक फिर्ताको माग राख्दै महेन्द्रनगरमा हस्ताक्षर संकलन अभियान गरिएको छ ।

 

बुधबार बिहान मदनचोकमा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको आयोजनामा हस्ताक्षर संकलन गरेको हो ।महासंघका अध्यक्ष विष्णू दत्त अवस्थीको अध्यक्षतामा हस्ताक्षर अभियान संकलन गरिएको थियो भने अभियानमा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष चित्राङ्ग थापा रहेका थिए । हस्ताक्षर संकलन अभियानमा कञ्चनपुका पत्रकारहरु व्यापक उपस्थित रहेका थिए ।

 

केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा समेत हस्ताक्षर अभियान संकलन गरिएको बताए । महासंघ कञ्चनपुरका अध्यक्ष विष्णू दत्त अवस्थीले विधेयक पत्रकारको हित विपरित भएकाले सरकारले फिर्ता लिनुपर्ने माग अघि सारेर हस्ताक्षर अभियान संकलन गरिएको बताए ।

 

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष चित्राङ्ग थापाले संचारक्षेत्रलाई नै निस्तेज पार्ने खालका विधेयक ल्याउन नहुने तर्क गर्दै पत्रकारहरु आफैले सीमा नाग्न नहुनेमा जिकिर गरे । मिडिया विधेयक फिर्ता नलिए शसक्त आन्दोलन गर्ने पत्रकार महासंघले चेतावनी समेत दिएको छ ।