अखिल (क्रान्तिकारी)ले माग्याे शिक्षा मान्त्रीकाे राजीनामा,शैक्षिक माफियालाइ ठेगान लगायरै छाड्ने जिकिर

काठमाडाै,असार ४। नेकपा (क्रान्तिकरी माओवादी)को भातृ संगठन अखिल( क्रान्तिकारी)ले आज कमलादी स्थित होटल कमलमा पत्रकार भेटघाट कार्यक्रमा बाेल्दै त्रि. वि. सेवा आयोगको गेटमा २९ दिन देखि शान्तिपुर्ण रिले अनसन बस्दै आएकोमा प्रहरी हस्तक्षेप गरि अहिलेकाे नालायक सरकार र नालायक गूह मन्त्रीले  गिरफ्तार  गर्न लगाएकाे उँहाहरूकाे आराेप छ।आयोगमा धडपकड र कुटपिट गर्दै कालिमाटी प्रहरी वुतमा पुगाइएकाे उँहाहरूकाे भनाइ छ। 

 

त्यसै क्रममा आज पत्रकार भेटघाट कार्यक्रम गरि अहिलेकाे नालायक शिक्षा मन्त्रीले तुरून्त राजीनामा समेत माग गरिएको छ। अब अखिल क्रान्तिकारी सडक बाग भएर अगाडी बढने अध्यक्ष हरिकुष्ण गजुरेलले बताउनु भयो ।

 

अब अखिल क्रान्तिकारीले शैक्षिक माफिया देखि स्वाथ्य क्षेत्र सम्मका माफियालाइ पनि नछोडने बताएका छन्। अबको आन्दोलन मुख्यतया  शैक्षिक माफियालाइ ठेगान लगाउने आन्दोलन हुने बताएका छन्।

 

प्रहरि दमन बाट अखिल क्रान्तिकारी कहिले पनि पछि नहटने उँहाहरूको जिकिर छ। अब शैक्षिक माफियाले आफना दिन गन्ति सुरू गरेर बसे हुन्छ। अखिल क्रान्तिकारी अब कुनै पनि बाहानामा छोड्ने वाला छैन। अहिलेको यो नालायक सरकारले जति दमन गरे पनि हामि कुनै हालतमा पछाडि हट्ने छैनौ ।

 

अबका केही दिन भित्र संगठनले नयाँ आन्दोलनका कार्यक्रम पनि घोषणा गर्ने तयारी गरेको जानकारी गराउनु भयो ।त्रि .वि .सेवा आयोगलाइ तुरून्त खारेज गरियाेस् र आयोगका भ्रष्ट पदाधिकारीहरूलाइ बर्खास्त गरियाेस् आफ्ना नाता गोता भर्ना गर्ने अडा बनाएर बसेका माफिया हरूलाइ अब अखिल क्रान्तिकारी  ठेगान लगाएर छोडने बताउनु भयाे ।