प्रहरी र विप्लव बीच भिडन्त एक जनाको मृत्यु

काठमाडौं, असार ५ । प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सर्लाहीमा भिडन्त भएको छ । लालबन्दीमा भएको भिडन्तमा एक जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे ।

 

मृतक विप्लव नेकपाका सर्लाही इञ्चार्ज हुन् । पोखरेलका अनुसार सिन्धुली जाने बाटोमा गस्तीमा रहेको प्रहरी टोलीमाथि लालबन्दी नगरपालिका– १ मा विप्लव  नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए ।

 

मोरसाइकलमा आएको समूहले कटुवा पेस्तोलबाट गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । प्रहरीले थ्री नट ३ को ३ राउण्ड गोली ना २२ प ६४ नम्बरको मोटसाइकल बरामद गरेको छ । तीन जना भने भाग्न सफल भएका छन् ।