हामी सबैमा देश विकासका लागि राष्ट्रिय संकल्प जरुरी: नेता पोखरेल

काठमाडाै,असार ७। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कृष्णभक्त पोखरेलले सबै मानिसहरुमा देश विकासका लागि राष्ट्रिय संकल्प आवश्यक भएको उल्लेख गर्नुभएको छ।

 

समसामयिक छलफलका क्रममा पत्रकार सम्मेलनमा बोल्दै उहाले उक्त कुरा उल्लेख गर्नुभएको हो।सरकारले जतिसुकै विधेयक बनाउछ ती सबै विधेयकहरु संसदमा छ्लफल गर्न आवश्यक हुदैन।जसले गर्दा सबै पक्षको माग पूरा गर्न सकिँदैन।

 

उहाले भन्नुभयो सरकारले पछिल्लो समय ल्याएको मिडिया काउन्सिल विधेयकमा आवश्यक संशोधन हुनुपर्थ्यो तर त्यो भएन।उहाले स्वीकार गर्नुभयो।

 

आफुहरु समृद्धिको यात्रामा अघि बढनका लागि तत्पर भएकाले यसमा सबैको साथ सहयोग आवश्यक भएको उहाको भनाइ छ।आलोपालोको सरकारका सम्बन्धमा उहाले भन्नुभयो।

 

हिजो पार्टी एकता हुदा सहमतिमा जुन-जुन कुरा उल्लेख गरिएको छ ती सबै लागू हुनुपर्छ।त्यस्तै राष्ट्रिय जनता पार्टी (राजपाका) नेता राजकिशोर यादवले अहिलेको नेतृत्वको चरित्रमा कुनै परिवर्तन नआएकोमा दुख प्रकट गर्नुभयो।