कलंकी–कोटेश्वर सडकको डिजाइनको त्रुटि सच्याइने

काठमाडौं, असार ८ । सरकारले कलंकी–काटेश्वर सडक निर्माण गर्दा डिजाइनमा भएको त्रुटि सच्याउने भएको छ। साढे ९ किलोमिटरको यो सडक निर्माण गर्दा मुख्य लेन छुट्टयाउन डिभाइडर निर्माण गरिएको थिएन। चक्रपथ विस्तार आयोजनाले मुख्य लेन छुट्टयाउन मेडियन निर्माण गर्ने तयारी गरेको छ। आयोजना प्रमुख अमृतमणि रिमालका अनुसार विस्तारित चक्रपथमा डिभाइडर निर्माण नगरिएकाले पनि दुर्घटना बढ्दो क्रममा रहेको बताए।

 

उपत्यकाको भित्री र बाहिरी बस्ती छुट्टयाउने चक्रपथ सहरी रणनीतिक सडकका रूपमा छ। तर, यो सडकको डिजाइन गर्दा सुरक्षाभन्दा पनि गतिशीलतालाई प्राथमिकता दिइएको छ। जापानी सहयोग नियोग  जाइका को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको कोटेश्वर–सूर्यविनायक सडकमा मुख्य लेन छुट्टयाउन डिभाइडर निर्माण गरिएको छ। तर, कलंकी–कोटेश्वरमा भने डिभाइडर छैन।

 

सडक विभागले कलंकी–कोटेश्वर खण्डलाई यात्रु र सवारी सुरक्षित राख्न र्‍यापिड इन्जिनियरिङ कन्सल्टेन्सी सर्भिसलाई अध्ययन गर्ने जिम्मा दिएको थियो। कन्सल्टेन्सीले नवनिर्मित सडकमा पूर्वाधार थप गरेर सुरक्षित बनाउन सकिने निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ। ‘सडक सुरक्षित बनाउन डिभाइडर निर्माण गर्नुपर्ने प्रतिवदेनमा उल्लेख छ। विपरीत दिशाको सवारी आगमन छुट्टयाउने डिभाइडर नभएकाले सवारी चाकलले लापारबाही गरिरहेका छन्’, सडक विभाग तथा ट्राफिक इकाइ प्रमुख दीप बाराहीले भने, ‘तीव्र गति र ओभरटेक गर्दा सवारी दुर्घटना हुने गरेको छ। विपरीत दिशाबाट गुड्ने सवारीलाई एकअर्काबाट अलग गराउन सके दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।’

 

सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको कलंकी–कोटेश्वर सडक ८ लेनको छ।

 

कलंकी–कोटेश्वर सडकमा सन् २०१९ डिसेम्बरसम्म डिफेक्ट लायविलिटी पिरियड ९निर्माण कम्पनीले निःशुल्क मर्मत सम्भार गर्नुपर्ने अवधि० छ। उत्ताm अवधिभर सडकको भौतिक संरचना परिवर्तन गर्दा चीनको स्वीकृति लिनुपर्छ। विभागले गराएको अध्ययनमा सडक सुरक्षित बनाउन यो सडकको बीचमा ग्रिनरी पनि राख्नुपर्ने सुझाव छ। आयोजनाले असार १४ गतेदेखि सडकको ग्रिनरी बेल्टमा बिरुवा रोपने कार्य सुरु गर्ने जानकारी दिएको छ। अन्नपूर्ण पोष्टमा खबर छ।