यस्तो हुनेछ आजको मौसम हेर्नुस्

काठमाडौं, असार ९ । आज दिउँसोको देशैभरि आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थानहरु साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

महाशाखाका अनुसार रातिको समयमा देशको मध्य र पश्चिमी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलि तथा पूर्वी भू–भागमा सामान्य बदलि भइ पुर्वका केही स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।