गिरिजाप्रसाद कोईरालाको ९५ औँ जन्मजयन्ती:जागरण अभियानको उपलब्धि शून्य-सुदृढ हुन नेतृत्व परिवर्तन आवश्यक

काठमाडाै,असार १०। नेपाली काङ्ग्रेसले गिरिजाप्रसाद कोईरालाको ९५ औँ जन्मजयन्तीको अवसरमा देशको राजनीतिक परिस्थिति र नेपाली काङ्ग्रेसको भुमिका बिषयक विचार गोष्ठी सम्पन्न गरेको छ।

 

हिजो राष्ट्रिय नाचघर जमलमा जिपि कोइराला अध्ययन केन्द्रले उक्त कार्यक्रम सम्पन्न गरेको हो।कार्यक्रममा बोल्दै काङ्ग्रेस युवा नेता गगन कुमार थापाले अहिलेको मुख्य चुनौती भनेको नेतृत्वको हो हामी त्यो नेतृत्व अब चौधौं महाधिवेशनबाट छिट्टै चयन गर्छौ।

 

अर्का युवा नेता प्रदिप पौडेलले अहिलेको कम्युनिष्ट सरकारले जबर्जस्त रुपमा जनतालाइ पेल्न खोजेको आरोप लगाउनुभयो।सत्ता र प्रतिपक्ष एउटै भए जनताले अर्को विकल्प रोज्न सक्छन त्यसैले हामी बेलैमा सचेत हुन जरुरी छ।उहाले भन्नुभयो।

 

अर्का नेता कृष्ण सिटौलाले अहिलेको राजनीतिक परिस्थिति दुर्घटना उन्मुख भएकाले यसलाई तत्काल सुधार गर्नुपर्ने र त्यो काङ्ग्रेसबाट मात्रै सम्भव भएको उल्लेख गर्नुभयो।

 

त्यस्तै नेता उमाकान्त चौधरीले लोकतन्त्रको लागि मरिमेटने पार्टी काङ्ग्रेस अहिले किन यस्तो अवस्थामा छ थाहै छैन भन्दै प्रश्न गर्नुभयो।अब चौधौं महाधिवेशन तत्काल हुनुपर्ने र देशैभरी नया नेतृत्व चयन गर्नुपर्नेमा सम्पुर्ण नेताहरुको माग छ।