सरकारले विकासका नाममा ऐतिहासिक काम गरेको छ:मन्त्री महासेठ

काठमाडाै,असार ११। भौतिक यातायात तथा पुर्वाधार मन्त्री रघुविर महासेठले अहिलेको सरकारले विकासका नाममा ऐतिहासिक काम गरेको उल्लेख गर्नुभएको छ।आज पत्रकारहरुसँगको छलफलमा उहाले यस्तो उल्लेख गर्नुभएको हो।

 

यो सरकार असफल नभएर दिनानुदिन सफल बन्दै गएको कुरा उहाले बताउनुभयो।देशका हरेक ठाउहरुमा सडक बनाउने,कालोपत्रे गर्ने,पुलपुलेसाहरु बनाउने काम यो सरकारजति हिजो कुनै पनि सरकारले गरेका थिएनन जुन अहिले हामीले गरेका छौ।

 

यत्रा विकासका काम गरिरहदा पनि कतिपय मान्छेहरुले आफुहरुलाइ घेराबन्दीमा राख्न खोजेका छन तर त्यसको कुनै दम छैन।उहाले टिप्पणी गर्नुभयो।पछिल्लो समय सरकार पुनर्गठनको कुरामा उहाले यो कुरा अहिले तत्काल सम्भब नभएको जिकिर गर्नुभयो।

 

सरकार पार्टीको निर्णयअनुसार नै चल्ने हो त्यसमा पार्टीले जुन कुराको आवश्यकता औल्याउछ त्यही नै हुन्छ।अहिलेसम्मको निर्णयअनुसार ५ वर्षको प्रधानमन्त्री केपि शर्मा ओलि हुने उहाको सुझाव छ।यातायात क्षेत्रमा रहेको सिन्डिकेट यो सरकारले मात्रै अन्त्य गर्न सक्यो जसको प्रभावले सम्पुर्ण ब्यापारीहरु कम्पनी मार्फत अघि बढिसकेका छन। 

 

बजेटका सन्दर्भमा उहाले अहिलेको बजेट बिकासमुखी बजेट भएकाले विकासका लागि सबैले हातेमालो गर्न सुझाउनुभयो।आफु सवार गाडी नै स्याङ्जा पुलको उद्घाटन गरेर फर्किदा पुल नभएको खोलामा डुब्यो भने कहाँ पुल बने मन्त्री ज्यु??

 

भन्ने प्रश्नमा उहाले त्यो घटना सत्य नभएको र सामाजिक सञ्जालमा अफवाह फैलाउदै हिडेकोमा आपत्ति जनाउनुभयो।पुल निर्माणका सन्दर्भमा सरकारले आजसम्म जुनजुन ठाउमा पुल निर्माण गर्ने भनेको छ ती ठाउहरुमा पुलपुलेसाहरु निर्माण भैरहेको उहाले जानकारी दिनुभयो।