एसईईमा आमा–छोरा एकैपटक पास,परिवार खुशीले बन्यो गदगद,सांसद भन्दा अभिनेत्रीकाे बढी नम्बर

काठमाडौं,असार १२ । यस वर्ष सँगै एसईई दिएका आमा छोरा पास भएका छन् । लामो उमेर ग्याप भएका आमाछोरा पास भएका हुन् । आस्था महिला विद्यालय, गठाघरमा पढेकी आमाले २.३५ ग्रेड ल्याएर पास गरेकी छन् भने १६ वर्षीय उनका छोराले ३.७ जिपिए ल्याएका छन् ।सानै देखि एस.ओ.एस हर्मन जिमाईनर विद्यालय सानोठिमी पढेका उनी पढाईमा निकै तेज थिए । आमा छोरा एकैपटक एसईईमा पास भएपछि परिवार नै हर्षित बनेको छ । परिक्षा नियन्त्रण कार्यालयले आज एसईईको नतिजा सार्वजनिक गरेको छ ।

एसईई नतिजास् सांसद चौधरीको भन्दा अभिनेत्री मानन्धरको बढी नम्बर

काठमाडौं । सांसद शान्ता चौधरीले २.६५ र अभिनेत्री करिश्मा मानन्धरले ३ ल्याएर एसईई परीक्षामा उतिर्न गरेका छन् ।
एसईईमा सांसद चौधरीको ‘बी’ रअभिनेत्री मानन्धरको ‘बी’ प्लस ग्रेड आएको छ । सांसद चौधरीको भन्दा अभिनेत्री करिश्मा मानन्धरले बढी नम्बर प्राप्त गेरकी छिन् । आफूले सोच भन्दा राम्रो नतिजा आएको मानन्धरले बताइन् । नतिजा प्राप्तपछि उनले व्यवस्थापन विषय लिएर थप अध्ययन गर्ने बताएकी छन् । आशा गरेभन्दा राम्रो नतिजा आएको उनी बताउछिन् ।

 

परीक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठकपछि एसईईको नतिजा सार्वजनिक गरिएको हो । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् । परीक्षामा ५० जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको जनाएइको छ ।