समृद्ध नेपाल,सुखी नेपालीको नारा पूरा गर्न सरकार प्रतिबद्ध :प्रधानमन्त्री

 काठमाडौंर असार १४।प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपि शर्मा ओलिले अहिले सरकार समृद्ध नेपाल,सुखी नेपालीको नारालाइ पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ।जननेता मदन भण्डारीको ६८ औँ जन्म जयन्तीको अवसरमा बोल्दै उहाले यस्तो उल्लेख गर्नुभएको हो।जनताको बहुदलीय जनबादका प्रणेता मदन भण्डारीलाई नेपालका एक अथक कम्युनिष्टका रुपमा लिनुपर्ने उहाको भनाइ छ।

 

उहाको भुमिका पार्टीभित्र असाधारण रहेको तर उहाले कहिल्यै पनि आफ्नो विशेषता अरुलाइ नजाउने पनि उहाले भन्नुभयो।हिजो लोकतन्त्र प्राप्तिका लागि उहाको निकै नै ठूलो योगदान रहेको उहाले स्मरण गर्नुभयो।

 

अहिलेको सरकारले निकै नै ठूलो काम गरेको उहाको जिकिर छ।हिजो काठमाडौमा यत्रतत्र हिडदा मास्क लगाएर हिड्नुपर्थ्यो तर आज हाम्रो सरकार आइसकेपछी यो प्रक्रिया हटेको उहाको दाबी छ।

 

हिजोको सरकारको पालामा नबनेका सडकहरु आज हामीले बनाएका छौ।उहाले दाबी गर्नुभयो।पार्टी एकता अबको १५/१६ दिनमै टुंगोमा पुर्याइ छाडने उहाको भनाइ छ।यसका लागि सबै कार्यकर्ताहरुलाइ उहाले ढुक्क हुन आग्रह गर्नुभएको छ।

 

यसै क्रममा उहाको दृष्टिकोण पुस्तक बिमोचन गरिएको थियो।मदन भण्डारी फाउन्डेसनले हरेक वर्ष वितरण गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७५ प्राध्यापक सुधिर शर्मालाइ प्रदान गरिएको छ।