इन्धन पम्पका लागि ९३९ आवेदन

काठमाडौं, असार १५ । इन्धन बिक्रेता डिलरसीप प्राप्त गर्न देशभरबाट उत्साहजन रूपमा आवेदन परेको छ। नेपाल आयल निगमले इन्धन बिक्रेता नियुक्त्त गर्न वैशाख १७ गते ६० दिने ९असार १४ सम्म० आवेदन मागेको थियो।

 

यस अवधिमा देशभरबाट ९ सय ३९ वटा आवेदन परेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सबैभन्दा बढी प्रदेश २ बाट आवेदन परेको छ। सबैभन्दा कम कर्णाली प्रदेशबाट जम्मा १६ वटा मात्रै आवेदन दर्ता भएको छ। यस्तै प्रदेश १ का लागि १ सय ८९, प्रदेश ३ का लागि १ सय २१, गण्डकी प्रदेशका लागि २७, प्रदेश ५ का लागि २ सय सात र सुदूरपश्चिमबाट ५२ वटा आवेदन दर्ता गरिएको छ।

 

निगमका अनुसार प्रदेश १ का लागि निगमको प्रादेशिक कार्यालय विराटनगर, प्रदेश २ को प्रादेशिक कार्यालय अमलेखगञ्ज, प्रदेश ३ का लागि निगमको केन्द्रीय कार्यालय, गण्डकी प्रदेशका लागि प्रादेशिक कार्यालय पोखरा, प्रदेश ५ का लागि प्रादेशिक कार्यालय भलवारी तथा इन्धन डिपो नेपालगञ्ज, कर्णाली प्रदेशका लागि प्रादेशिक कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रादेशिक कार्यालय धनगढीमा आवेदन दिने व्यवस्था थियो।

 

इन्धन बिक्री गर्ने पम्प सञ्चालनका लागि अनुमति प्रदान गर्न निगमले नयाँ बिक्रेता विनियावली २०७५ तयार पारी कार्यान्वयनमा ल्याएको छ। यही विनियावलीका आधारमा नयाँ पम्पलाई अनुमति प्रदान गर्ने र पुरानोलाई स्तरोन्नति हुने व्यवस्था छ।

 

२०७३ सालदेखि नमुना पेट्रोल पम्पको हकमा बिक्रेता तोक्ने प्रक्रिया खुले पनि सामान्यको हकमा भने २०६८ देखि अनुमति दिने प्रक्रिया बन्द थियो। अन्नपूर्ण पोष्टमा छ।