जनताको करले अर्काको देशको चलचित्र विकासका लागि यत्रो रकम खर्च गर्नु स्विकार्य हुनै सक्दैन:नेता रावल

काठमाडाै,असार १५। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले देशमा अझै पनि समस्या जिउका तिउ रहेका र जनताले तिरेको करबाट अर्काको देशको चलचित्रको विकासका लागि ठूलो रकम खर्च गर्ने सरकारको निर्णय स्विकार्य नभएको टिप्पणी गर्नुभएको छ।आज पत्रकारहरुसँग कुरा गर्दै उहाले यस्तो टिप्पणी गर्नुभएको हो।

 

देशका कतिपय ठाउहरुमा समस्याहरुले बिकराल रुप लिएकाले तिनको समाधानका लागि सबै लाग्नुपर्ने उहाले बताउनुभयो।अहिले असारे बिकासले गर्दा यत्रतत्र धुलो,धुवाँले हिड्न नै नमिल्ने भन्दै उहाले सरकारको आलोचना समेत गर्नुभयो।