प्रकाशको त्यो बौद्धिकतालाइ हेर्दा उनी ३६ वर्ष मात्र बाँचेजस्तो लाग्दैन: अध्यक्ष प्रचण्ड

 काठमाडाै,असार १७।पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पुत्र प्रकाशको त्यो बौद्धिक क्षमतालाई हेर्दा ३६ वर्ष मात्रै नबाँचेको तर सयौं वर्ष बाँचेजस्तो महसुस भएको बताउनुभएको छ।

 

प्रकाश दाहालको ३८ औं जन्म जयन्तीको सन्दर्भमा प्रकाश दाहाल फाउन्डेसनद्वारा आयोजित ´प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान-२०७६` मा बोल्दै उहाले यस्तो बताउनुभएको हो।

 

राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा थुप्रै प्राविधिक ज्ञानहरुबाट उनी भरिपूर्ण थिए।उनिलाइ दुर्भाग्यवश गुमाउनु पर्दा समग्रमा पार्टी,देश र परिवारलाइ अपुरणिय क्षति पुगेको उहाले बताउनुभयो।कार्यक्रममा खानेपानी मन्त्री तथा पत्नी बिना मगरले आफुहरुको पर्यटन यात्राको अविस्मरणीय क्षण सुनाउनुभएको थियो।

 

उनको सम्झनामा प्रकाश दाहाल फाउन्डेसनले ´प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान-२०७६` पुरस्कार प्रदान गरिएको छ।जसमा दक्षिण कोरियाली आरोही अम हङ गिल,ज्ञानेन्द्र श्रेष्ठ,माया शेर्पा,छिरिङ थुन्दु शेर्पा र आङ सार्की शेर्पा रहनुभएको छ।

 

यस्तै फाउन्डेसनले सुरुवाती चरणमै समाजसेवाबाट आफ्नो कार्य प्रारम्भ गरेको छ।आज २ जना क्यान्सर पिडितलाई १/१ लाखका दरले सहयोग गरिएको छ।आगामी दिनमा प्रकाशको सपना पूरा गर्नका लागि फाउन्डेसन सधै क्रियाशिल हुने बताइएको छ।