आज पनि वर्षाको संभावना

काठमाडौं,असार १८ । आज दिउँसो देशभर सामान्य बदलि भई देशका केही स्थानहरुमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका १–२ स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

 

त्यस्तै महाशाखाका अनुसार रातिको समयमा देशभर सामान्य बदलि भई देशका केही स्थानहरुमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ । पश्चिम र मध्यका एक दुई स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।