पत्रकारिता तथ्य र सत्यमा आधारित हुनुपर्छ : सांसद भुषाल

  ललितपुर, असार २०। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद पम्फा भुषालले पत्रकारिता तथ्य र सत्यमा आधारित हुनुपर्ने औल्याउनुभएको छ।नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजना तथा ललितपुर महानगरपालिकाको सहयोगमा सञ्चालित दुई दिने पत्रकारिता तालिमको समापन गर्दै उहाले यस्तो औल्यानुभएको हो।

 

अहिले सञ्चारको प्रभाव विश्वव्यापी भएकाले यसको क्षेत्र पनि प्रभावशाली भएकाले यसले आम जनतालाइ सुसूचित गराएको छ।जसका कारण अहिले पत्रकारिता र राजनीति हिजोको तुलनामा निकै सजिलो भएको उहाले उल्लेख गर्नुभयो।

 

हिजो पार्टीको सदस्यता लिदा हुने खुसी अहिले हुदैन,खाली खादा लगाइदिएपछि अहिले पार्टीको सदस्य भैहालिन्छ।जसका कारण हिजोको हाम्रो राजनीति र पत्रकारिता निकै गाह्रो भएको उहाले स्विकार गर्नुभयो।

 

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अहिलेसम्म पनि आफ्नो सार्वजनिक भवन नभएकाले त्यसका लागि आफुले सक्दो प्रयास गर्ने उहाले बताउनुभयो।

 

जसका लागि सार्वजनिक जग्गा लिएर भवन निर्माण गर्न अघि बढनुपर्ने उहाले सुझाव दिनुभयो।२ दिनसम्म भएको तालिममा विभिन्न प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो भने तालिममा सहभागीहरुले पत्रकारिता गर्दा आउने जोखिम,समस्या र समाधानका विषयमा अन्तर्कृया गरेका थिए।