योगि नरहरिनाथ पुस्तकालय तथा सांस्कृतिक संग्रहालय बन्ने

राष्ट्रगुरु योगि नरहरिनाथको नामबाट नामाकरण भएको गाउपालिकामा अर्थात् रास्ट्रगुरुकै जन्मथलो नरहरिनाथ गाउपालिकाको लालु गाउमा योगि नरहरिनाथकै नाममा पुस्तकालय तथा संग्रहालय बन्ने घोषणा कार्यक्रम शनिबार काठमाडौमा सम्पन्न भएको छ।

 

राष्ट्रिय सभा सदस्य जीवन बुढाको प्रमुख आतिथ्य र राष्ट्रगुरुका नजिकका चेला कालिमान बिस्ट लगायत लोकप्रिय कार्यक्रम इन्द्रेणीका सम्पुर्ण टिम एवम बिशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा उक्त कार्ययोजनाको घोषणा भएको हो । विश्वशान्तिका अग्रदुत गौतम बुद्धका मात्र वाणिहरुको प्रचार हुनु तर राष्ट्रगुरु योगि नरहरिनाथद्वारा गरिएका महत्त्वपूर्ण योगदान, लिखित सामग्रीहरुको पनि प्रचार नहुनु बिडम्बना हो भन्दै वहाँका यस्ता विभिन्न कुराहरुको संरक्षण गर्नका निम्ति यस्तो पवित्र कामका लागि सबैमा आह्वान सहित गुरुका केही महत्त्वपूर्ण योगदानहरु र व्यक्तिगत जिवनको भोगाई, तपस्याहरु उक्त घोषणा कार्यक्रमका अभियान्ता एवम रास्ट्रगुरु योगि नरहरिनाथका प्रचारक रत्न कमल बिस्टले बताउनुभयो।

 

को हुन योगि नरहरिनाथ ?

योगी नरहरिनाथ नेपालका एक आध्यात्मिक व्यक्ति थिए। उनी नेपालका आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित छन्। वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् योगी आजीवन अन्वेषकका रूपमा रहेको पाइन्छ। देश एवं विदेशका धेरै ऎतिहासिक तथा पुरातात्त्विक स्थानहरूको भ्रमण गरेर उनले अध्ययन अनुसन्धान गरेका छन्। त्यस बाहेक उनी एक कुशल साहित्य सर्जक पनि हुन्। सिद्धहस्त आषु कविका रूपमा पनि परिचित उनी नेपालका आध्यात्मिक व्यक्तिहरूमध्ये एक हुन्। संस्कृत हिन्दी र नेपाली भाषामा रचित योगी नरहरिनाथका केही कृतिहरू (योगी नरहरिनाथ स्मृतिग्रन्थ, २०६८ : १३५) प्रकाशित छन् भने धेरैजसो अप्रकाशित छन्। घण्टौंसम्म कवितामय संस्कृतमा धाराप्रवाह प्रवचन गर्ने योगीका निमित्त बसेर कविता लेख्नु सामान्य कुरा थियो। योगी नरहरिनाथको जन्म नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्रमा रहेको कर्णाली अञ्चलको कालीकोट जिल्ला अन्तर्गत नरहरिनाथ गाउपालिकाको लालू भन्ने गाउँमा विक्रम सम्वत् १९७१ फागुन १७ गते प्रातः सूर्योदय बेलामा भएको थियो। उनी भारद्वाज गोत्रमा आवद्ध ऋक्सेन थापा क्षत्रियका ख्यातिप्राप्त कुलदीपक हुन्।

 

योगी नरहरी नाथको बाल्यकालको नाम बलवीर कृष्ण थापा थियो । आठ वर्षकै उमेरमा ब्रतवन्ध गरिएका बलवीरसिंह ऋक्सेन थापाले वि.सं. १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्न्यास लिएपछि मात्र उनको नाम योगी नरहरिनाथ रहन गएको थियो । व्रतवंधको लगत्तै घर छोडेका योगीजी पश्चिम नेपालको इतिहास अध्ययनका लागि प्रथम पुरुष हुन् । योगीजीले वि.सं. २०१२ तिर कष्टपूर्वक संकलन गरेका प्रस्तर अभिलेख र ऐतिहासीक तथ्याङ्कहरूको थप वैज्ञानिक अध्यायन अनुसन्धान हुन सकेको छैन । उनले वारीको शिला खोजेजस्तो गरेर खोजेका छन् ।अभीलेखहरू, कृतिहरू र पश्चिम नेपालको इतिहाससँग सम्बद्ध दस्तावेजहरू । योगीका कवितामा राष्ट्रियताको ज्वलन्त उद्घोष पाइन्छ। नेपालको इतिहास, भुगोल, पुराण, पुरातत्त्व, धर्म, दर्शन, जनजीवन, पशुपन्छी, वनस्पति, पर्यटकीय स्थानविशेष जस्ता राष्ट्रियताका प्रमुख पक्षलार्इ कवितामा यत्रतत्र उठाइएको छ। अन्य विशेषताका तुलनामा शिहरिणी यात्रा राष्ट्रियताले ऒतप्रोत भएको कविता मानिन्छ। यसमा राष्ट्रियता छता छुल्ल भएर पोखिएको छ। निस्वार्थ भावले राष्ट्रप्रति समर्पित योगीको प्रस्तुत काव्य सबैका लागि पठनीय बनेको छ। हामी नेपालीले सर्वप्रथम आफैंलार्इ चिन्न सक्नुपर्छ भन्ने भावका साथ कला, संस्कृति, आदर्श जस्ता विषयवस्तुप्रति कविता यसरी बोलेको छ।