बिमला तामाङको हत्या नै भएको परिवारको पुष्टि:अपराधीहरुलाई जन्मकैदको सजाय हुनुपर्छ

काठमाडाै,असार २४। केही दिनअघि समता अस्पतालमा मृत फेला परेकी बिमला तामाङको हत्या नै भएको आफन्तले बताएका छन।आज पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो बताएका हुन। उनको ५ वर्षको नाबालकको भबिष्य अन्योलमा रहेको कुरा पनि उनीहरुले बताएका छन।

विज्ञप्तिको पुर्णपाठ सहित

मिति २०७६/३/२ गते ७:३२ बजे बेलुका श्रीमति बिमला तामाङको मोबाईलबाट श्रीमान बुद्धराज तामाङको मोबाईलमा मिस कल आएको थियो।त्यसपछी तुरुन्तै अस्पतालबाट तिम्रो श्रीमति ३ बजे तिर बाहिरिएको छ, घरमा आईपुग्यो कि पुगेन भनी अस्पतालको ल्याण्डलाईनको फोनबाट फोन आएको थियो।श्रीमान बुद्धराज तामाङ तुरुन्त कोठा पुगि कोठामा हेर्दा श्रीमतिलाई नदेखेपछी आफन्तहरुसँग सोधपुछ गर्दा नभेटेको नदेखेको भनी जवाफ पाई पछि सि.सि क्यामरामा हेर्दा श्रीमती बिमला तामाङ अस्पतालबाट बाहिरिएको नदेखेपछी मेरो श्रीमति यहि हुनुपर्छ भनी अस्पतालको सबै कोठा खोलेर हेर्दा १८ नं को कोठा खोल्न मिल्दैन यो कोठाको चावी मेम बिष्णुकला खत्रीसँग छ भनी पालेले भनेपछी श्रीमान बुद्धराज तामाङलाई शंका लागि बौद्ध प्रहरीलाई निवेदन गरेर प्रहरी लिई हेर्न जाँदा पनि प्रहरीलाई पनि १८ नं को कोठाको चाबी पालेले हामीसँग छैन भनेपछी हामीलाई शंका भयो।त्यो रात हामी अस्पतालको वरिपरि भेला भैइ बसेका थियौ।भोलिपल्ट ६:३0 बजे १८ नं कोठाको चावी खोल्न भनी पालेलाई भेला भएको जनताले हातपात गर्न थालेपछि मेम बिष्णुकला खत्रीले चावी दिई पालेले कोठा खोलेपछि त्यस कोठाभित्र हेर्दा बिमला तामाङलाई मारेर झुण्ड्याई राखेको अवस्थामा भेटियो।

प्रहरीले सनाखत गर्न मृतकको शरीरबाट मेम बिष्णुकला खत्री, संगिता के.सि र तिर्थ कुमारी श्रेष्ठलाई समात्नु भनी मृतकले आफ्नै शरीरमा हस्तलिखित लेख भेटियो।

गौशालाको डि.एस.पि प्रदिप कुमार सिंहले हेर्नुपर्ने केसलाई माथिल्लो निकायका डि.एस.पि होविन्द्र बोकटी आई मृतकको परिवारको जाहेरी लिन एक हप्तासम्म आलटाल गरि राख्यो।लास बुझ्नु भनी पटकपटक अनुरोध मात्र गरिरहयो।२ हप्ता पछाडी VSR को जाँच्न पठाइयो।VSR परिवारको सहमति लिई जाँच्नु पर्नेमा परिवारको सहमति नै नलिई जाँच्न पठाएकोमा हामी मृतकको परिवारलाई शंका लागेको छ।फेरि पनि VSR जाँच्नुपर्छ भन्ने हाम्रो माग छ।अपराधीहरुलाई फेला पारिसकेपछी तुरुन्त कारवाही गर्नुपर्नेमा बिष्णुकला खत्रीलाई ओम हस्पिटलमा उपचारको लागि भर्ना गरि राखिएको छ।

दुई जना अपराधीहरुलाई गौशाला प्रहरी कार्यालयमा थुनी राखेको छ।आज २२ औं दिन पुगिसक्दा पनि हामीलाई प्रहरी कार्यालयबाट लास बुझी लिनुपर्छ मिल्नुपर्छ भनी त्यहाँका डि.एस.पि प्रदिप कुमार सिंहले समाजको भलोको लागि केही झुठ्ठो बोल्नुपर्छ र डि.एस.पि होविन्द्र बोगटीले चाहिँ अपराधीको परिवारबाट २ जना र मृतकको परिवारबाट २ जना मात्र बसि छलफल गरि यो कुरालाई यहि मिलाउनुपर्छ अस्पतालबाट लास छिटो उठाउनु भनी पत्र आएको छ तपाईहरुले लास बुझेन भने नगरपालिकालाई लास उठाउन जिम्मा लगाइदिन्छु भनी धम्की एवं दबाब दिईरहनु भएको छ।हाम्रो विचारमा समता अस्पताल भित्र दुई नम्बरी धन्दा गरिरहेको थियो र मृतक बिमला तामाङ त्यसबारे केही जानकारी पाएकोले त्यसलाई बाहिर उजागर गर्लिन भनी विष खुवाई वा इन्जेक्सन दिई मारेको हुनुपर्छ भन्ने हाम्रो बुझाई छ।

 

हाम्रो माग भनेको अपराधीहरुलाई जन्मकैद र संचालन समितिलाई कर्मचारी बिमला तामाङले पाउनुपर्ने क्षतिपूर्ति जबसम्म पाउदैन तबसम्म लास बुझी लिदैनन भनी यो पत्रकार सम्मेलन गरेका छौँ।

मृतकको -श्रीमान बुद्धराज तामाङ
संघर्ष समितिका,संयोजक -सिँह बहादुर लामा तामाङ