नेपाली विद्यार्थीहरुलाई बाबुराम भट्टराईको आग्रह : आफ्नो भविष्य बनाउन जुन ठाउँ भएपनी जानुहोस तर अन्त्यमा देश बनाउन नेपाल नै फर्कनुहोस्

 काठमाडौ असार २७।  पुर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले नेपाली विद्यार्थीहरुलाई आफुले हासिल गरेको शिक्षालाई देश विकासमा लगाउन आग्रह गर्नुभएको छ।

 

नेपाली विद्यार्थीहरुले आफ्नो शैक्षिक गन्तव्य पूरा गर्न जुनसुकै ठाउँमा गएपनी अन्त्यमा आफ्नो देशमा नै फर्किनुपर्ने बताउनुभएको छ।एक शैक्षिक मेलाको उद्घाटनका क्रममा उहाले यस्तो बताउनुभएको हो।आफ्ना नागरिकहरुलाई गुणस्तरीय शिक्षा दिनु हामी सबैको दायित्व हो तैपनि हामीले त्यो गर्न सकेका छैनौ।

 

त्यसैले जबसम्म हामीले हाम्रो देशलाई विकासमा पुर्याउन सक्दैनौ तबसम्म बिदेशमा पढ्न जाने विद्यार्थीलाई रोक्न सक्दैनौ।किनभने मानव जहाँ राम्रो अवसर र सुबिधा छन त्यही पुग्छ।उहाले भन्नुभयो।हिजो हाम्रा पालामा अहिलेजत्तिको यस्तो सुबिधा नै थिएन।

 

उचित शिक्षाको सुबिधा नभएर नै हिजो हामी शिक्षा लिन बाध्य भएर बिदेश जाने गर्थ्यौ उहाले आफ्नो घटना स्मरण गर्नुभयो। तर अहिले त्यस्तो अवस्था भने छैन।

 

हाम्रा विश्वविद्यालयहरुमा डिग्रीका प्रमाणपत्रहरु पैसामा बेचिन्छ यसले गुणस्तरीय शिक्षामा समस्या मात्रै ल्याएकोमा उहाले घोर आपत्ति समेत जनाउनुभयो।

 

त्यसैले यो विश्वविद्यालय आजसम्म पनि विश्वका कुनै विश्वविद्यालयहरुको प्रतिस्पर्धामा उत्रिन नसक्नु हाम्रा लागि बिडम्बना हो।आर्थिक रुपले कमजोर हामीमा अझैसम्म पनि चेतनामा पनि कमजोरी छ।त्यसैले हाम्रो चेतनाको स्तरमा अलि सुधार ल्यानुपर्ने पनि उहाले बताउनुभयो।

 

त्यस्तै अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालको गुणस्तरीय शिक्षालाई मजबुत बनाउन नेपाली विद्यार्थीहरु नेपालमै पढ्नुपर्ने बताउनुभएको छ।बिदेश पलायन हुने प्रवृत्तिले देशको राष्ट्रियता नै धरापमा परेको छ।अब यसलाई जोगाइराख्न पनि सबै लाग्नुपर्ने उहाँको जोड छ।