साहित्य र संस्कृती जगेर्ना गर्नु हाम्रो दायित्व ः बरिष्ठ गायक जोशी

शनिबारका भानु जयन्तीको पुर्व सध्यामा राजधानीमा सप्तरंगी साहित्य समाजले काठमाडौंमा ११औं श्रृंखला तथा िवशेष रचना बाचन कार्यक्रम गरेको छ ।

 

प्राज्ञ डा. देवी नेपालको प्रमुख आतिथ्यता तथा बरिष्ठ देउडा गायक नन्दकृष्ण जोशीको विशिष्ट आतिथ्यता रहेको थियो भने समाजका अध्यक्ष केशवराज भट्ट सागरको सभापतित्व रहेको थियो ।

कार्यक्रममा बोल्दै बरिष्ठ देउठा गायक नन्दकृष्ण जोशीले भन्नुभयो ‘‘नेपाली साहित्य, कला, संस्कृती जगेर्ना गर्नु हामी सबैको दायित्व हो । अहिलेको युवा पुस्ताले देखाएको सकृयताको उचित मुल्यांकन गरेको छु । राजधानीमा मात्र नभएर देशभरी नै लागु गर्नको लागि युवाहरु साथ आवश्यक रहेको र सफल हुनेमा पनि विश्वस्त रहेको छु । युवाहरुले हामी सङ्गै साथ दिएर अगाडि बढ्नको लागि आह्वान गरेको गर्दछु ।’’

कार्यक्रममा कलानिधि दाहाल, अनिता लामा, विमला दाहाल, सन्तोष अम्गाई, पृथक हिमाल ओलिको विशेष बाचन रहेको थियो ।