काङ्ग्रेसले सांसद बैठक अबरुद्ध गरेकोप्रती नेकपा सांसदहरुको आपत्ति

 काठमाडाै,असार ३०। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सांसदहरुले नेपाली काङ्ग्रेसले सांसद बैठक अबरुद्ध गरेकोप्रती गम्भीर आपत्ति जनाएका छन।काङ्ग्रेसले सुचना टासेर बैठक अबरुद्ध गरेपछी उनीहरुले रिपोर्टर्स क्लबको सभा हलमा नै बैठक सम्पन्न गरेका छन।

 

कार्यक्रममा बोल्दै ललितपुर जिल्लाबाट निर्वाचित नेकपा सांसद नवराज सिलवालले देश अहिले प्राकृतिक बिपत्तिबाट प्रताडित भैरहेको बेला यसरी सांसद अबरुद्ध गर्नु देशलाई नै अप्ठ्यारो परिस्थितिमा लैजानु हो भन्दै आलोचना गर्नुभयो।

 

खोटाङबाट निर्वाचित नेकपा सांसद विशाल भट्टराईले यो बैठक अबरुद्ध हुनुमा काङ्ग्रेसको मात्रै गल्ती छैन यसमा सभामुखको पनि उत्तिकै भुमिका रहेकोमा सभामुखको आलोचना गर्नुभयो।उहाले थप्नुभयो यसमा हाम्रो घोर आपत्ति छ।

 

ओखलढुंगाबाट निर्वाचित सांसद यज्ञराज सुनुवारले राष्ट्रिय बिपत्तिको बेलामा संसद बैठक बसेर आफ्ना कुरा राखौला भन्ने चाहना पूरा भएन भन्दै आलोचना गर्नुभयो।

 

उदयपुरका सांसद सुरेश राईले देश अहिले प्राकृतिक बिपत्तिमा परिरहेको बेला यस्तो अवस्थामा राहत र उद्धारमा खटिनुको साटो उल्टै संसद भवन अवरुद्ध गरेर काङ्ग्रेसले देशलाई दुख दिएको आरोप लगाउनुभयो।

 

सिरहाबाट निर्वाचित सांसद लिलानाथ श्रेष्ठले देश बिपत्तिमा परिरहेको अवस्थामा हामीलाई संसदमा कुरा राख्न दिइएन भन्दै आलोचना गर्नुभयो।त्यस्तै रौतहटबाट निर्वाचित सांसद कल्याणी कुमारी खडकाले पनि बैठक अबरुद्ध गराइएकोप्रती गम्भीर आलोचना गर्नुभयो।