हजारौं अवैध बन्दुकहरु भेटिए एक ५८ वर्षे नागरिकको घरभित्र

वासिङ्टन ।अमेरिकाको लस एन्जलस्थित एकजना व्यक्तिले एक हजार भन्दा धेरै बन्दुक भूमिगत रुपमा संकलन गरिराखेको खुलासा भएको छ ।

 

गिरार्ड डेमिएन साएन्ज नाम गरेका ५८ वर्षीय ती पुरुषमाथि अदालतले हातहतियार खरखजना सम्बन्धी मुद्दा लगाएको छ । उनीसँग भएका ती सबै हतियार लाइसेन्सविना भएको पनि बताइएको छ ।

 

उनलाई लस एन्जलसस्थित विशेष अदालतमा उपस्थित गराइएको छ । गिरार्ड यदी आफूमाथिको अभियोगमा दोषी ठहर भएको खण्डमा उनले ४९ वर्षसम्म जेल जेल सजाय भोग्नुपर्ने छ ।

 

उनी पक्राउ पर्दा अधिकारीहरुले भने उनले ती हतियार आपराधिक गतिविधिका लागि उपयोग गरेको शंकेत नभएको प्रतिक्रिया दिएका थिए । अनुसन्धानको क्रममा साएन्जले एउटा सिंगो घरभित्र हतियार संकलन गरिराखेको भेटिएको थियो । प्रहरीले ती सबै हतियार नियन्त्रणमा लिएको छ । तर ती व्यक्ति कुनै पनि आतंकवादी समुहसँग संलग्न भएका कुनै प्रमाण भेटिएको छैन ।एजेन्सी,