विप्लवका दुई कार्यकर्ताद्वारा आत्मसर्मपण

नुवाकोट,साउन १ । नेत्रविक्रम चन्द नेकपा(विप्लव)का दुई कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आत्मसर्मपणसहित पार्टी परित्याग गरेका छन् । मंगलबार प्रेस बिज्ञप्ति जारी गरी सुर्खेत नगरपालिका वडा नं ४ बस्ने १९ वर्षिय विष्णु भण्डारी र गोर्खाको आरुघाट गाउँपालिका वडा नं ७ का ३६ वर्षिय सरोज न्यौपानेले पार्टि परित्याग गरेको जनाएका हुन् ।

 

उनीहरू बिगत केहि महिनादेखि नेकपा विप्लवको साधारण सदस्यका रुपमा कार्य गर्दै आएका थिए । तीमध्ये न्यौपाने पूर्व सशस्त्र प्रहरी हवल्दार हुन् । उनी दुई महिना अगाडि उक्त पार्टीमा क्रियाशिल भई एकमहिनादेखि नुवाकोटमा सक्रिय रहेका थिए ।

 

भण्डारीले यसै साल एस।ई।ई उत्तीर्ण गरी काठमाडौँबाट नुवाकोट आई काम गरिरहेका थिए । उनीहरुले आफ्नो ज्यान सुरक्षाको माग समेत गरेका छन् । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले पार्टि त्यागेपछि दुवै जना स्वतन्त्र भएको बताए ।