कालिकोटको नरहरिनाथ गाउपालिकामा कर्मचारीबाट लाहपर्बाही

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा पछिल्लो समयमा कर्मचारीबाट जनताको दैनिक सेवा प्रवाहमा ढिलाइ भएको छ । भौगोलिक तथा जनसंख्याका हिसावले जिल्लाकै सबैभन्दा ठुलो गाउँपालिका हो । गाउँ गाउँमा सिंहदरबारको अनुभूति हुनु पर्नेमा सिंह मात्र आएको तर दरबार नआएको सो गाउँपालिकामा करारमा कार्यरत कम्प्युटर अपरेटर खगेन्द्र बुढाले जानकारी दिएका छन् ।

 

आ. व. ०७५ र ०७६ को अन्तिम भुक्तानी लिन आएका विभिन्न उपभोक्ता तथा सेवाग्राहीलाई कर्मचारीहरुले दिनुसम्म सास्ती दिएका छन् । हप्तौ दिनसम्म भुक्तानीको लागि गाउँपालिकामा बसिराखेका सेवाग्राहीलाई सो गाउँपालिकाका सहलेखापाल हिरासिंह बोहोराले कागजातहरु नमिलेको भन्दै काममा ढिलाइ गरेका छन् । चिनेजानेका र खासखुस मिल्न गएका सेवाग्राहीहरुको काम मात्र छिटो हुने गरेको छ ।

 

प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका अध्यक्षको कुनै कुरा नसुनी आफ्नो मनोमानी ढंगले कार्यालयका कामकाजहरु गरेको बुढाले आरोप लगाएका छन् । करारमा राखेका कर्मचारीलाई फरक व्यबहार समेत गर्ने गरेको बुढाले जानकारी दिए। आर्थिक बर्ष ०७५र०७६ बितिसक्दा पनि ६ महिनाको तलव नपाएको बुढाले दुखेसो व्यक्त गरेका छन् । भुक्तानीको समयमा असारमा अन्तिम भुक्तानीको बेला गाउँपालिकाका ईन्जिनियर र सव–ईन्जिनियर सुरक्षा भएन भन्दै भागेपछि गाउँपालिकाको सेवा प्रवाहमा झन समस्या बढेको हो ।

 

कर्मचारीको अभावमा खरिदार स्तरका कर्मचारीहरु हाकिम हुन पाए पछि आफुले चाहेको गरिछाड्ने प्रबृत्ति गाउँमा चल्दै आएको छ । लेखा प्रमुखको दरबन्दीमा सह लेखापालले काम काज गर्दा समेत कामकाजमा भार पर्न गएको हो । कार्यपालिकाले निर्णय गर्ने, कर्मचारीले त्यसको कार्यान्वयन गर्ने हो। ठिक उल्टो भएको छ, यो गाउँपालिकामा कर्मचारीले जनप्रतिनिधिले गरेको निर्णयलाई किच्ने काम भईरहेको छ । जनताले गाउँमा सिंहदरबारको अनुभूति गर्ने आशा आशा मै सिमित रहने प्रायः निश्चित छ ।