नबिल बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न,१२२ जना कर्मचारीले गरे रक्तदान

काठमाडौ,साउन ६ । नबिल बैकले ३५ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। एक प्रेस विज्ञप्ति जारी गर्दै स्वइ कुरा उल्लेख गरिएको छ। 

                                                                                                    मितिः २०७६÷०४÷०५
प्रेस विज्ञप्ती

नबिल बैंकद्वारा रक्तदान कार्यक्रम आयोजित

नबिल बैंकले आफ्नो ३५ औं वार्षिक उत्सव मनाउने क्रममा यहि श्रँवण्ँ ४, २०७६ को दिन नबिल बैंक प्रधान कार्यालयमँ रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा १२२ जना बैंकका कर्मचारीहरुबाट रक्तदान गरिएको थियो । ग्रान्डी इन्ट नेशनल अस्पतालले देशमा रहेको विद्ममान रक्त अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंशा गरेको छ ।

 

त्यसै गरी, बैंकको ३५ औ“ बार्षिकोत्सवको अवसरमा गत हप्ता आयोजित बैंक स्तरीय फुटसल, क्रिकेट, ब्याड्मिन्टन, स्नुकर र चेस प्रतियोगिताका विजेता टिम र उपविजेता टिमहरुलाई नबिल बैंकका संचालक समितिका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालले मेडल सहित पुरस्कारहरु वितरण गर्नु भएको थियो । बैंकको ३५ औ“ बार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद लगायत सामाजिक कार्यक्रमहरु आयोजना भएकोमा अध्यक्ष श्री शम्भुु पौड्यालले खुशी व्यक्त गर्नु भयोे ।

 

 समन लामा थिङ्ग 
करपोरेट कम्यूनिकेशन युनिट