रअ टोलीको व्यस्त कार्यक्रम: देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न

काठमाडौं, साउन ७। नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ ९रअ० को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रह्यो ।

 

रअको टोलीले सत्तारुढ र प्रतिपक्षी दलका केही नेतासहित संसदका विभिन्न समितिका पदाधिकारीसँग सामूहिक र छुटाछुट्टै भेटवार्ता ग¥यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार राति भेटवार्ता गरेका रअ अधिकारीले सोमबार विहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको हो ।

 

रअ प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतवार दिउँसो काठमाडौं आएपछि भेटवार्तामा जुटेको थियो । भेटघाटका लागि नेता देउवा स्वयं लैनचौरस्थित भारतीय दूतावास पुग्नुभएको थियो भने प्रचण्डलाई भेट्न रअका अधिकारी प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

 

दूतावास स्रोतका अनुसार आइतवार साँझ ७ बजेर ४० मिनेटमा दूतावास पुग्नुभएका देउवा करिव चार घन्टापछि राति ११ बजेर ४० मिनेटमा बाहिरिनुभएको थियो । देउवासँगको भेटमा काँग्रेस सांसदद्वय डा। अमरेशकुमार सिंह र विनोद चौधरी पनि सहभागी रहनु भएको बताइएको छ ।

 

रअ अधिकारीको सम्मानमा दूतावासले आइवार साँझ दूतावास परिसरमा रात्री भोज दिएको थियो । सोही जमघटमा देउवा सहितको टोली दूतावास पुगेको हो । रअ प्रमुख गोयल सहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ ।

 

देउवासँगको भेटवार्ता अघि राष्ट्रिय जनता पार्टी ९राजपा०का अध्यक्ष मण्डलका पदाधिकारी हायल होटल पुगेर रअ अधिकारीसँग सामुहिक भेटघाट गरेका थिए । गोयल नेतृत्वको टोलीमा रअको तर्फबाट नेपाल डेक्स नियाल्ने अरुण जैन, सोही संस्थाका उच्च अधिकारी शशीभूषण सिंह, भारतीय मन्त्रिपरिषद् नियाल्ने एक सचिव समेत सहभागी रहनु भएको छ ।

 

सोमबार विहान खुमलटार पुगेको रअ टोलीले नेकपा अध्यक्ष प्रचण्ड निवासमा साढे दुई घन्टा भन्दा बढी समय विताएको छ । विहान साढे आठ बजे शुरु भएको भेटवार्ता १० बजेर ५० मिनेटसम्म चलेको दूतावास स्रोतले जनाएको छ । यो खबर आजको समाचारपत्रमा छ ।