राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक हुँदै

काठमाडौँ, साउन ८ । नेपाल राष्ट्र बैंकले बुधबार साँझ होटल र्याडिसनमा आर्थिक वर्ष २०६७/७७ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले अहिले बसिरहेको सञ्चालक समितिको बैठकले मौद्रिक नीतिलाई अन्तिम रुप दिइरहेको जानकारी दिए ।

 

सो नीतिले ठूला बैंक गाभ्ने अर्थात् बिग मर्जर लाई विशेष प्राथमिकता दिने जनाएको छ । यसैक्रममा, राष्ट्र बैंकले त्यसको लागि मौद्रिक नीतिमै केही सहुलियतको व्यवस्था हुने जनाएको छ । त्यस्तै उथलपुथल भैरहने ब्याजदर नियन्त्रणको लागि पनि केही विशेष व्यवस्था आउने जनाएको छ ।

 

यसैगरी, ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न प्राथमिकता प्राप्त क्षेत्रमा उक्त नीतिले लगानी बढाउने व्यवस्था गर्ने जनाएको छ । वर्तमान गभर्नर चिरञ्जीवी नेपालको यो अन्तिम मौद्रिक नीति हुनेछ भने, उनको ८ महिनापछि अवकाश हुँदैछ ।