पति-पत्नीले जहाजभित्र यस्तो हर्कत गर्न थालेपछि पाइलटले गराए आकस्मिक अवतरण

एजेन्सी । विमानका यात्रुले रिसले चुर भएर आफ्नी पत्नीको मुखमा थुकिदिएपछि विमानका पाइलटले आकस्मिक अवतरण गराएका छन्। विमानयात्रु एडवर्ड मोन्गनले आफ्नी पत्नीको मुखमा थुकिदिएका हुन् । पत्नीको मुखमा थुक्ने यात्रुलाई ८ लाख रुपैयाँको जरिवाना तिराइएको छ । विमान आन्ध्र महासागरमाथि उडिरहँदा बेलायतका मोन्गनले पत्नीसंग झगडा गर्दै मुखमा थुकिदिएका थिए । विमान बेलायतबाट मेक्सिको जाँदै थियो । विमानचालकलाई झगडा बढेपछि चिन्ता लाग्यो अनि उनले बर्मुडाको टापुमा आकस्मिक अवतरण गराए ।

 

पतिपत्नीबीच झगडा कसरी शुरू भयो भन्ने कुरा थाहा हुन सकेको छैन । तर मोन्गनले पत्नीलाई गाली गरेको चाहिँ सुनिएको थियो । टीयूआई एयरवेजमा अघिल्लो आइतवार यो घटना भएको हो । मोन्गनले पत्नीसँग प्रयोग गरेको भाषाका बारेमा क्याबिन म्यानेजर यान मारी इभान्सले कुरा गर्न खोज्दा उनले भने, ‘भाग् । मेरा आँखाबाट टाढा भइजा ।’ बर्मुडाको राजधानी ह्यामिल्टनको एक अदालतका मजिस्ट्रेटहरूले मोन्गनलाई ८ लाख रुपैयाँको जरिवाना तिर्न लगाएका छन् ।

 

 

पत्नी माथि नराम्रो व्यवहार देखाएको, विमान कर्मचारीमाथि हस्तक्षेप गरेको र अभद्र भाषाको उपयोग गरेको आरोप स्वीकारेपछि जरिवाना लगाइएको हो । मोन्गनले पत्नीलाई थुकेर विमान कर्मचारीलाई जान भनेपछि आफू पछिल्तिर गए अनि अर्का विमान कर्मचारीसँग झर्कोफर्को गरे र अझै अर्का विमान कर्मचारीलाई धकेले