नेपाली सेनामा पृतनापतिहरुको सरुवा : को कहां गए लिस्टसहित हेर्नुस्

काठमाडौं, साउन १५। नेपाली सेनामा पृतनापतिहरुको सरुवा भएको छ । सैनिक स्रोतकाअनुसार सेनाका पृतनापतिसहित बिभागीय प्रमुखहरुको हेरफेर भएको हो ।

 

सरुवा हुनेमा उपरथीहरु अनन्त कार्की,सुवर्ण शाह र ताराध्वज पाण्डे रहेका छन् । उपरथी कार्कीले पुर्वी पृतना, पाण्डेले मध्य पृतना र शाहको कार्यरथी विभागमा सरुवा भएको छ ।

 

उपत्यका पृतनापति रहेका उपरथी निरन्जन श्रेष्ठलाई निरीक्षणाधिकृतको समेत जिम्मेवारी तोकिएको सैनिक स्रोतको दावी छ ।

 

यता पुर्वी पृतनापतिको जिम्मेवारीमा रहेका उपरथी समीर शाही बिदामा वस्ने तयारीमा रहेको बताइएको छ । शाही २०७६ भदौ ३ गते अवकास हुने भएकाले साउन १८ गते नै बिदामा वस्ने तयारीमा छन् । सेनामा अवकास हुनुभन्दा १५ दिन अघि बिदामा बस्न प्रचलन छ ।