डोल्पाली विद्यार्थीलाई स्वागत कार्यक्रम हुँदै

काठमाडौंको चाबहिलमा अवस्थित टेक्सास कलेजको सभाकक्षमा यहि साउन १८ गते सनिवार डोल्पाली विद्यार्थीलाई स्कागत कार्यक्रम हुने भएको छ । भर्खरै एसइइ नतिजा पछि अध्ययनको सिलसिलामा डोल्पाबाट काठमाडौं आएका डोल्पाली युवा विद्यार्थीहरुलाइ काठमाडौं विभिन्न सामाजिक क्रियाकलापमा सङ्लग्न डोल्पालीद्वारा कार्यक्रम हुने भएको छ ।

 

समुन्नत डोल्पालि समाज निर्माणको निम्ति उपल्लो डोल्पा र तल्लो डोल्पाका युवा विद्यार्थीहरु एकआपसमा  सहकार्य गर्दै अघि बढ्ने उद्देश्यका साथ डोल्पाली इतिहासमा पहिलोपल्ट औपचारिक रुपमा स्वागत कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक हेमन्त रोकायाले बताए ।

 

कार्यक्रमले डोल्पाको भौगोलिक, सामाजिक, धार्मिक, सांस्कृतिक रुपमा अलग पहिचान भएको उपल्लो डोल्पा र तल्लो डोल्पालाई भावनात्मक रूपमा जोड्न भुमिका खेल्ने बिश्वास आयोजकको छ।

 

स्वागत कार्यक्रममा डोल्पाको लोक संस्कृती झल्किने गरि बिबिध सांस्कृतिक कार्यक्रम, बिद्यार्थीहरुलाई खादा र प्रशंसा पत्र सहित स्वागतम कार्यक्रम, मुल आयोजक समितीबाट छनोट भएका उत्कृष्ट ५ जना वक्ताको संघर्ष, सफलता र उत्प्रेरणामुखी मन्तव्य दिनुकासाथै डोल्पा जिल्लाबाट एसईईमा उच्च जि.पि.ए ल्याउनेलाई सम्मान पनि गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार बक्ताहरुमा कर्णाली बिज्ञ डा. पन्ना थापा, केदार विनोद पाण्डे, वाङमो, प्रेम बोहरा, आम्ची उर्गेन पुटि रहनेछन ।

 

कार्यक्रम वाला त्रिपुरासुन्दरी कला सस्कृती समाज, स्टुडेन्ट अफ डोल्पो र कान्जिरोवा सेवा समाजले संयुक्त रुपमा आयोजना गरेका हुन । कार्यक्रमको मिडिया सहयोगी हाम्रो अनलाइन डट कम समेत रहेको छ ।