पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त,४ बजे शपथ

काठमाडौं,साउन १५। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराइलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त  भएका छन् ।

ताप्लेजुङ्गबाट निर्वाचित भट्टराईको राष्ट्रपति कार्यालय शितलनिवासमा आज अपरान्ह्र ४ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

 

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली आज(बुधबार) दिउँसो भट्टराईलाई वालुवाटार बोलाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेका थिए ।

 

प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसँग नेता भट्टराईलाई मन्त्री बनाउने प्रस्ताव राखेका थिए । नेताहरुसँगको सल्लाहमा प्रधानमन्त्री ओलीले भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।