श्रीमान छाडेर प्रेमीसँग डेटिङ जाँदा,यस्तो हालत

वीरगन्ज,साउन १५ ।वीरगन्जमा एक युवकले प्रेमीकाको हत्या प्रयास गरेका छन् । वीरगन्ज महानगरपालिका १० अशोक वाटिकाका २४ वर्षीय रोशन गुप्ताले प्रेमीका २२ वर्षीया मनु चौधरीको घाँटी रेटेर हत्याको प्रयास गरेका हुन् । छुरा प्रहारबाट गम्भीर घाइते चौधरीको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

चौधरी विवाहित महिला हुन् । उनका एक छोरा छन । उनका श्रीमान् अजय सिंह रोजगारीको सिलसिलामा काठमाडौं छन् । चौधरी छोरासँगै वीरगन्ज १० घडीअर्वामा डेरा गरेर बस्दै आएकी छन् ।

 

मंगलबार मध्यान्ह १२ बजेतिर रोशन र चौधरी घुम्न वीरगन्ज–१५ स्थित भिस्वाडाँडामा गएका थिए । त्यहा विवाद भएपछि रोशनले धारिलो छुराले मनुको घाँटीमा प्रहार गरेका हुन् ।

 

‘उनीसँग मेरो प्रेम थियो, एक हप्ता पहिले हामी दुबै काठमाडौंमा चार दिनसँगै बसेका थियौँ’, उनले भनिन्, ‘आज घुम्न भिस्वाडाँडामा बोलाए । त्यही बेला अचानक घाँटीमा छुरा हाने ।’ उनले छुरा हान्नुको कारण भने बताउन चाहिनन् ।

 

रोशनलाई प्रहरीले झाडीमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको छ । मनुले रोशन आफ्नो प्रेमी रहेको बताएकी छन् । उता रोशनले भने चौधरी आफ्नी कान्छी श्रीमती भएको बयान प्रहरीलाई दिएको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

 

छिमेकीले भने रोशन अविवाहित रहेको बताएका छन् । प्रहरीले रोशनलाई हिराससतमा राखेर अनुसन्धान अगाडि बढाएको छ।