विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य पक्राउ

काठमाडौं,साउन १९ ।  प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।

 

घोराही उपमहानगपालिका–१५ ट्राफिक चोक निवासी २९ वर्षीय हेमन्त जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए ।

 

शनिबार साँझ साढे ५ बजे लमहीबाट घोराही आउँदै गरेको लु १ च ७४४३ नम्बरको गाडीबाटै उनी पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका जिसीका बारेमा थप अनुसन्धान भइरहेको छ ।