क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले पन्ध्र दिने बिशेष अभियान संचालन गर्दै

नवलपरासी,साउन २६। नेकपा ( क्रान्तिकारी माओवादी ) नवलपरासीको मंगलवार बर्दघाटमा बसेको पुर्ण बैठकले १५ दिने अभियानसहितका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 
बैठकले भदौ पहिलो साता जिल्ला समितिको आयोजनामा पार्टी सदस्य सहितको बैचारिक प्रशिक्षण सहित सो अभियान उद्घाटन गर्ने र अभियान समापन लगतै प्रदेश सम्मेलनको तयारी गर्ने निर्णय गरेको जिल्ला सेक्रेटरी चोलाले जानकारी दिनुभयो ।

 बैठकले संर्घष संगसंगै संगठन सुदृढ तथा विस्तार गर्न निति अनुसार देशभक्त जनगणतान्त्रिक मोर्चाको जिल्ला तथा नगर एंव ईकाईहरुका बैठक तथा भेला सम्पन्न गर्ने र अभियान अन्तरगत जनवर्गीय संगठन जातीय मोर्चाका भेला सम्मेलन कार्ययोजना पास गरेको छ ।

सो बैठकको प्रमुख अतिथि क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज जिवराज रहनुभएको थियो । सो अवसरमा उहाँले केन्द्र, ब्युरो , प्रदेशका योजनालाई आत्मसाग गर्दै पार्टी क्रान्तिको आधार तयार गर्न निर्देशन गर्नुभएको थियो ।

बैठकमा प्रदेश सदस्य संकल्प प्रदेश सल्लाहकार लालसिंह जिल्ला सचिवालय सदस्य रामप्रसाद , समर, न्युक्लियस, प्रशान्त, नवीनलगायतले धारणा राख्नुभएको थियो ।

बैठकमा सहभागी सबै जिल्ला सदस्यले बैठकमा रिर्पाेटिङ गर्नुभएको बताइएको छ । बैठकले आलोचना आत्मलोचना गर्ने पद्धतिलाई अंगिकार गर्दै सक्रियता पुर्वक पार्टी काममा लाग्ने स्प्रिड तय गरेको एक सदस्यले बताए ।

संगठन विस्तार गर्दै अखिल क्रान्तिकारी

त्यस्तै क्रान्तिकारी माओवादी सम्बद्ध अखिल क्रान्तिकारी नवलपरासीले १५ दिने अभियान भित्र रहेर जिल्लाका क्याम्पस तथा माविमा संगठन बिस्तार अभियान संचालन गर्ने भएको छ ।

 

अभियान अन्तरगत जिल्ला समितिको बैठक बसी भाद्र ७ गते देखि २२ गते सम्म संगठन विस्तार अभियान संचालन गर्ने संगठनका केन्द्रीय सचिव तथा प्रदेश संयोजक महेश श्रेष्ठले बताउनुभयो ।

त्यसका लागि पार्टी फ््रयाक्सन सहितको भेटघाट सम्पन्न भएको उहाँले बताउनुभयो ।
संर्घष संगै संगठन विस्तार गर्ने निति अनुसार शैक्षिक माफियाकरणका बिरुद्ध संर्घष उठाइने उहाँले जानकारी दिनुभयो ।