मौसम पूर्वानुमान महाशाखाले निकाल्यो २४ घण्टे चेतावनी

काठमाडौं, साउन २७ । मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केही दक्षिण तिर अवस्थित छ, जसका कारण नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले छ। महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखा बिस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको छ। मनसुनको न्यून चापिय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर(प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

देशभर समग्र मौसमको अवस्था

हाल देशको पश्चिमी भू९भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का बर्षा भईरहेको छ साथै मध्य तथा पुर्वी भू–भागमा आंशिक बदलि रहेको छ ।

श्रावण २७ गते 

 दिउँसोः देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तथा मध्यका केही स्थानहरुमा र पूर्वीका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशको पश्चिमी पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

 

रातीः देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही पुर्व तथा मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको पूर्वि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेकोले मेघगर्जनरचट्याङ्गवाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ। देशको पश्चिमी पहाडी भू–भाग तथा पुर्वी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ, जसले गर्दा चुरेबाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदि आसपासमा रहनेहरु सतर्क रहुनुहोला। यसका साथै सडक यातायातमा पहिरोरभू–क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।